महागनरीय प्रहरी परिसरमै गएर घुस दिने गङ्गालाल पक्राउ

23 August, 2019 00:40 | जन सरोकार | comments | 24000 Views

महागनरीय प्रहरी परिसरमै गएर घुस दिनेलाई पक्राउ गरिएको छ । प्रहरी परिसर भक्तपुरमा मुद्दा फाँटका प्रहरी निरीक्षक कृष्णप्रसाद विष्टलाई कार्यकक्ष मै गएर घुस दिने व्यक्तिलाई परिसरबाटै पक्राउ गरिएको हो ।

आज प्रहरी निरीक्षक विष्टको कार्यकक्ष मै गएर जुवातास खेल्ने वातावरण मिलाइदिन आग्रह गर्दै रु ४० हजार घुस दिने भक्तपुर नगरपालिका–१ सल्लाघारीका ५६ वर्षीय गङ्गालाल श्रेष्ठलाई प्रहरीले परिसरबाटै पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठलाई आजै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाइएको प्रहरी नायब उपरीक्षक देवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

  

त्यसैगरी धनमाल चोरी गरी फरार हुँदै गर्दा प्रहरीले सिन्धुपाल्चोक सिमपाल घर भई हाल भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने २३ वर्षीय दीपक गिरीलाई पक्राउ गरेको छ । चागुँनारायण नगरपालिका–८ रानीबारीका ५६ वर्षीय श्रीराम खत्रीको घरबाट सुनका गहना र नगद गरी रु तीन लाख २५ हजार बराबरको धनमाल चोरी गरी भाग्दै गर्दा गिरीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको छ ।

सेवाग्राहीसँग एक लाख घुस लिएको आरोपमा चार प्रहरी जवान पक्राउ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More