भित्रिए चार ब्रुमर, महानगरले चैतबाट बाटो सफा गर्ने भित्रिए चार ब्रुमर, महानगरले चैतबाट बाटो सफा गर्ने

  • भित्रिए चार ब्रुमर, महानगरले चैतबाट बाटो सफा गर्ने
  • भित्रिए चार ब्रुमर, महानगरले चैतबाट बाटो सफा गर्ने
  • भित्रिए चार ब्रुमर, महानगरले चैतबाट बाटो सफा गर्ने
  • भित्रिए चार ब्रुमर, महानगरले चैतबाट बाटो सफा गर्ने
  • भित्रिए चार ब्रुमर, महानगरले चैतबाट बाटो सफा गर्ने
  • भित्रिए चार ब्रुमर, महानगरले चैतबाट बाटो सफा गर्ने

महानगरका सडकबाट ब्रुमरले संकलन गरेको धुलो इँटा बनाउन दिने

20 July, 2019 11:35 | जन सरोकार | comments | 12150 Views

भित्रिए चार ब्रुमर, महानगरले चैतबाट बाटो सफा गर्ने

काठमाडौँ महानगरपालिकाले महानगरका सडकबाट सङ्कलन गरेको धुलोलाई इँटा बनाउन दिने भएको छ । महानगरभित्र यान्त्रिक कुचो (ब्रुमर) ले दैनिक सङ्कलन गर्ने फोहरलाई सदुपयोग गर्ने उद्देश्यले इँटा उत्पादन गर्ने कम्पनीलाई धुलो दिने योजना बनाइएको महानगरले जनाएको छ ।

adsads

यान्त्रिक कुच्चो शुरु भएदेखि अहिलेसम्म सो धुलो सडकका खाल्डा पुर्न वा पार्कमा सम्याउनका लागि प्रयोग हुँदै आएको थियो । त्यसका लागि नियमित धुलो नचाहिने हुँदा धुलोलाई इँटा बनाउन दिने योजना बनाइएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताउनुभयो । सडकबाट सङ्कलन भएको धुलो इँटा बनाउनका लागि उपयुक्त हुने बताइएको छ ।

महानगरले सञ्चालन गरिरहेका सबै ब्रुमरले दैनिक आठ टनसम्म धुलो सङ्कलन गर्ने गरेका छन् । यो फोहर अरु फोहरमा मिसाउने नगरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हामीले फोहरलाई सकेसम्म सदुपयोग गरेर कम परिमाणमा डम्पिङसाइटमा लैजाने योजना बनाइरहेका छौँ ।”

यान्त्रिक कुच्चो (ब्रुम्रर) ले धुलो बढारेर सफा गर्ने मात्रै नभएर त्यसलाई सङ्कलनको समेत काम गर्दै आएको प्रवक्ता डङ्गोलले बताउनुभयो । महानगरले पनि फोहरका कर्मचारी कम गर्दे जाने योजना बनाएको उहाँले बताउनुभयो । अहिले महानगर आफैँले खरीद गरेको पाँच र अनुदानमा प्राप्त दुईसहित सातवटा यान्त्रिक कुच्चो छन् । तिनले महानगरलाई धुलोरहित बनाइरहेको उहाँको भनाइ छ ।

सडकको धुलोसँगै घरबाट सडकसम्म फोहर आउनै नदिने योजना महानगरको छ ।

ब्रुमरले एक रातमा १३ स्थानमा सफा गर्दा १८ टन धुलो (भिडियोसहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
भित्रिए चार ब्रुमर, महानगरले चैतबाट बाटो सफा गर्ने

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!