महानगर लाग्यो सडक साँघुरो बनाउन- स्थानीयबासी उत्रिए बिरोधमा

12 June, 2019 15:15 | जन सरोकार | comments | 60000 Views

देशभर सडक फराकिलो बनाउने काम भैरहेका बेला भरतपुर महानगरपालिकाको एक वडामा भने भएको सडकलाई साँघुरो बनाउने प्रयास भएको छ । भरतपुर महानगरपालिका २३ जगतपुरमा रहेको गौचरनमा तारबार गर्ने भन्दै १० मिटरको बाटोलाई ६ मिटर कायम गर्ने भएपछि स्थानीयबासी बिरोधमा उत्रिएका छन् ।

adsads

मंगलबार महानगरबाट गएको टोलीले १० मिटर चौडा चलन चल्तिको बाटो मध्ये ६ मिटर मात्रै छाडेर तारबार गर्न खोजेपछि बिवाद सृजना भएको हो ।

भोगचलन गर्दै आईरहेको बाटोलाई साँघुरो पार्न नहुने माग स्थानीयले गरेका छन् ।यता महानगरले भने आफ्नो खाली जग्गामा तारबार गर्ने क्रमममा स्थानीयले अवरोध गरेपछि विबाद सृजना भएको बताएको छ ।

महानगरपालिकाले जगतपुरमा रहेको गौचरनको तीन विघा १९ कठ्ठा १७ धुरको जग्गामा हाल सञ्चालित बाटो नछोडी तारबार गरेपछि बिवाद सृजना भएको ईलाका प्रहरी कार्यालय गितानगरले जानकारी दिएको छ ।

मंगलबार तारबारको क्रममा अवरोध उत्पन्न भएपछि १५ जना स्थानीयलाई प्रहरीले प्रक्राउ गरेको थियाृ । पक्राउ पर्नेमध्ये १३ महिला र २ पुरुष रहेका छन् । उनीहरुलाई ईलाका प्रहरी कार्यालय गितानगरमा राखिएको छ ।

स्थानीयहरुले वडा नम्बर १० का अध्यक्ष तथा महानगरका प्रवक्ता अरुणपिडित भण्डारी र २३ का अध्यक्ष नरिनारायण पौडेलले आफूहरुमाथि प्रहरी लगाई अभद्र ब्यबहार गरेको आरोप लगाएका छन् ।

सदिऔँदेखि चलनचल्तीमा रहेको बाटो घटाउने वडा अध्यक्षको निर्णयपछि नै स्थानीय वासिन्दाले त्यसको विरोध गर्दै आइरहेका थिए । स्थानीयले महानगरपालिका र वडा कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएका थिए । महानगर प्रमुख रेनु दाहालले स्थानीयको माग जायज भएकाले सहमतिमै बाटो निर्माण गरिने पक्षमा रहे पनि वडा अध्यक्षहरु पटक पटक विवादमा पर्ने कार्यशैलीबाट मेयर दाहाल पनि दिक्क भएको समाचार सूत्रको दावी छ ।

उहाँले बैठकमै वडा अध्यक्षहरुलाई जनतासँग विवाद नहुने गरी काम गर्न आग्रह गर्ने गर्नुभएको छ । मङ्गलबार पनि जगतपुरमा वडा अध्यक्षहरुले बल मिच्याइँ गरेको खबर आएपछि महानगर कार्यालयबाटै मेयर दाहालले भण्डारी र पौडेललाई फोन गरेर त्यसो नगर्न र तुरुन्त फर्किन निर्देशन दिनुभएको थियो ।

उनीहरुले मेयरको निर्देशनसमेत अवज्ञा गर्दै स्थानीयसँग ‘कसैले भनेर केही हुँदैन, तपाईंहरुले सकेको गर्नुस्’ भन्दै प्रहरी राखेर बाटो विगार्ने काम गरिरहे । मेयरलाई गलत रिपोर्टिङ गर्ने मध्येका एक जगतपुरका गोपी भूषाल पनि थिए । उनले समेत प्रहरीले जम्मा ६ जनालाई पक्राउ गरेर लगेको मेयरलाई बताएका थिए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

फेसबुक

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!