महानिरीक्षक खनालको स्पष्टिकरण- पौडेल सज्जन व्यक्ति थिए कि कस्ता थिए ?

24 June, 2019 18:20 | राजनीति | comments | 20100 Views

बिहिबार दिउँसो मुठभेडका क्रममा मारिएका भनिएका विप्लव समूहका सर्लाही जिल्ला नेता कुमार पौडेललाई पक्राउपछि हत्या गरिएको आरोप लागेको छ । यस विषयमा सत्तापक्षका सांसदहरु नै उग्ररुपमा प्रस्तुत भएका छन् भने राष्ट्रिय मानवअधिकार आयोगले छानबिन गरिरहेको छ ।

adsads

सरकार गैरन्यायिक हत्यामा अग्रसर भएको आरोप लागिरहेका बेला सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा पौडेल मृत्यु प्रकरणमा गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसंग प्रष्टिकरण सोध्ने काम भएको छ ।

गृहमन्त्री थापाले पौडेलको मृत्यु मुठभेडमै भएको दावी गर्नुभयो भने महानिरीक्षक खनालले पौडेल कुनै साधुसन्त नभएर उनको विगत कस्तो थियो भनेर हेर्न सांसदहरुलाई आग्रह गर्नुभयो ।

सासदहरुको जिज्ञासा मेटाउँदै महानिरीक्षक खनालले मृतक पौडेल सज्जन व्यक्ति थिए कि कस्ता थिए भन्नेबारे आफैं परिभाषा गर्न आग्रह गर्दै पौडेलमाथि लागेका विभिन्न अभियोगहरुको फेहरिस्थ प्रस्तुत गर्दै प्रहरी कारवाही उचित रहेको स्पष्टीकरण दिनुभयो ।

महानिरीक्षक खनालले आफ्नो प्रष्टिकरण दिने क्रममा पौडेलको विगत यसरी सुनाउनुभयो

– ०७२ सालका सर्लाही जिल्लाको सागरनाथ र परवानीपुर सामुदायिक वनबाट बाटो मासी अबैधरुपमा काठ बेचबिखन गरेको अभियोगमा जिल्ला वन कार्यालयमा मुद्दा चलेको । सागरनाथ वन विकास परियोजनाको नाममा सर्लाहीमा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बस्ने व्यक्तिहरुको नेतृत्व गर्दै आएको ।

पौडेलको मृत्यु प्रकरण- गृहमन्त्रीसंग आक्रोशित पूर्व गृहमन्त्री शर्मा

– विशेषतः सिन्धुली र सर्लाहीमा बसोबास गर्ने केही व्यक्तिहरुलाई उक्त सार्वजनिक जग्गा अतिक्रमण गर्न उक्साउने, प्रेरित गर्ने र उक्त स्थानमा ल्याई बसोबास गराउने । अतिक्रमित जग्गाको लालपूर्जा वितरण गराइदिन्छु भनी झूठो आश्वासन दिई सम्बन्धित व्यक्तिहरुबाट आर्थिक लाभ लिनुका साथै अराजक गतिविधिहरु सञ्चालन गर्न समर्थन र सहयोग गर्दै आएको ।

– विप्लव समूहमा प्रवेश गरेपश्चात अर्धभूमिगत बनेर र उक्त समूह प्रतिवन्धित भएपश्चात पूर्णभूमिगत रुपमा पछिल्ला महिनाहरुमा जबरजस्ती चन्दा संकलन गरी व्यापारी, व्यवसायी जनप्रतिनिधि र सर्वसाधारण जनतालाई आर्थिक शोषण गर्ने र आतंकित बनाउने कार्यलाई तीव्रता दिएको ।

– धेरै मोबाइल सिमहरु प्रयोग गर्ने र फरकफरक सीमबाट फोन गरी चन्दाका लागि दबाव दिने । चन्दा नदिए भौतिक कारवाही गर्ने, मार्नेसम्मको धम्की दिने । चन्दा नदिएसम्म पटकपटक, फरक स्थानबाट फोनबाट धम्की दिइरहने । चन्दाको रकम संकलन गरी बुझाउन अन्य व्यक्तिहरुको प्रयोग गर्ने ।

सर्लाहीमा विप्लव समूह र प्रहरीबीच भिडन्त- जिल्ला इन्चार्ज पौडेल मारिए

– जनप्रतिनिधिहरु, विशेष गरी गाउँपालिकाका र नगरपालिकाका मेयर, वडाध्यक्षहरुसँग कम्तिमा १० लाख रुपैयाँ चन्दा नदिएमा भौतिक कारवाही गर्ने चेतावनी दिएको । जनप्रतिनिधिहरुलाई चन्दा नदिएका कारण वा तोकेभन्दा कम दिएको कारण सफाया गर्ने विज्ञप्ति जारी गर्ने र सामाजिक सञ्जालमार्फत् चेतावनी दिने गरेको ।

– समाजमा आतंक सिर्जना गर्ने, आफ्नो उपस्थिति देखाउन चन्दा दिन बाध्य पार्ने, विभिन्न स्थानहरुमा बम विस्फोट गराउने, नगरपालिका र अन्य सार्वजनिक स्थानमा शक्तिशाली बम प्लान्ट गर्ने कार्यमा समेत निज सक्रिय रहेको ।

कुमार पौडेल विरुद्ध परेको मुद्दाहरु-

– मिति ०७३/४/७ गते राति अञ्दाजी १ः४५ बजेको समयमा जिल्ला सर्लाही हरिवन नगरपालिका वडा नम्बर १० स्थित जाहेरवालाको लु २ त ६६१९ नम्बरको ट्याक्टरमा कुमार पौडेलसमेतले आगो लगाएको ।

– विस्फोटक पदार्थ तथा संगठित अपराधमा मिति २०७४/२र११ गते बिहान अञ्दाजी ७ः२० बजेको समयमा जिल्ला सर्लाही वागमती नगरपालिका वडा नं ३ स्थित सारनाथ वन विकास परियोजनाको कम्पाउण्ड नजिक प्रतिवादी कुमार पौडेलसमेत पाइप बम राखेको अवस्थामा बम फेला परेको छ ।

– विस्फोटक पदार्थमा २०७४/१२ र१७ गते अञ्दाजी १२ बजेको समयमा जिल्ला सर्लाही सो नगरपालिका वडा नम्बर ४ मा रहेको सागरनाथ वन विकास परियोजनामा प्रतिवादी कुमार पौडेल समेतले कुकर बम विस्फोट गराई भवनमा क्षती पुर्‍याएको ।

– २०७५/३/२९ गते अञ्दाजी बिहान ८ः३० बजेको समयमा जिल्ला सर्लाही, वागमती नगरपालिका वडा नम्बर १० मा परियोजनाको अतिक्रमण ६ सय क्षेत्रफलमा वृक्षारोपण कार्य सञ्चालन गर्दा उक्त वृक्षारोपण कार्य विफल बनाउन जनमानसमा डर त्रास फैलाउने उद्देश्यले सोही स्थानमा प्रतिवादी कुमार पौडेल समेतले प्रेसर कुकर बम पड्काएको ।

– २०७५/१२/२६ गते राति अञ्दाजी ४ बजेको समयमा जिल्ला सर्लाही हरिवनपुर नगरपालिका वडानम्बर ८ स्थित एनसेलको टावरमा कुमार पौडेलसमेतले आगो लगाएको ।

– २०७६/१/२३ गते विहान रातिको समयमा जिल्ला सर्लाही वागमती नगरपालिका वडा नम्बर ४ स्थित वागमती खोलाको किनारमा सविन्द्रकुमार श्रेष्ठले सञ्चालन गरेको बा १ क ७८४७ नम्बरको स्काभेटरमा प्रतिवादी कुमार पौडेल समेतले आगो लगाई जलाई क्षति पुर्‍याएको ।

गृहमन्त्रीको दावी कुमार पौडेल मुठभेडमै मारिएका हुन्

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

राजकिशोर यादव

फेसबुक

राजकिशोर यादव

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!