महामारीकाबीच पेन्सन बुझ्न सीमा नाका पुगेका नेपाली समस्यामा
पेन्सन बुझ्नका लागि भारतको झुलाघाट पुगेका नागरिक समस्यामा परेका छन् । एकैदिन धेरैजना पेन्सन बुझ्नका लागि भारत पुगेपछि व्यवस्थापनमै गाह्रो भएको उनीहरूले बताएका छन् ।
लामो समयदेखि पेन्सन बुझ्न नपाएका धेरै नागरिक एकैदिन जाँदा समस्या भएको बैतडीको डिलाशैनीका सुरेश श्रेष्ठले जानकारी दिनुभयो । कति जनालाई जान दिने भन्ने खालको व्यवस्था नहुँदा झुलाघाट पुगेका वृद्धवृद्धा समस्यामा परेका उहाँले बताउनुभयो


पेन्सनधारी धेरैजसो झुलाघाटमा अलपत्र परेका छन् । खान बस्नको ठेगान छैन, व्यवस्थित हिसाबले नाकाबाट पठाउन नसक्दा समस्या भएको छ । उहाँले भन्नुभयो, “नाका खोलेर कति जनासम्म एक दिनमा पठाउने भन्ने व्यवस्था नहुँदा समस्या भएको छ । पेन्सनधारीलाई पारि खान र बस्नको समेत समस्या भएको छ ।”
पेन्सनधारी धेरै नागरिक झुलाघाट पुगेकाले आफूहरूलाई निकै समस्या भएको पाटन नगरपालिकाका ८२ वर्षीय बलदेव पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “घण्टौँसम्म लाइनमा बस्दा पनि पालो नआउने समस्या छ ।”
पेन्सनधारीका लागि नाका खुले पनि नाकामा व्यवस्थित आवतजावत गर्न नसक्दा समस्या भएको भारतीय नागरिक शङ्कर खडायतले बताउनुभयो । उहाँले भन्नुभयो, “पाँच दिनका लागि नाका खुलेको छ । धेरै मानिस एकैदिन आएका छन् । व्यवस्थित हिसाबले पठाउन नसक्दा समस्या भएको छ ।”
सीमावर्ती भारतीय बजार झुलाघाट र नेपाली बजार झुलाघाटमा पेन्सनधारीको भीड लागेको श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “बैंकले समेत नेपालमा नचल्ने झुत्रा नोट पेन्सनधारीलाई दिएको छ ।” पेन्सनधारीका समस्या समाधानका लागि सोमबारदेखि झुलाघाट नाका पाँच दिनका लागि खुलेको छ । नेपाल सरकारको निर्णय, जिल्ला प्रशासन कार्यालय बैतडी र डिएम कार्यालय पिथौरागढको समन्वयमा नाका खुलेको हो । नाका आजसम्म खुला रहनेछ ।
बैतडीमा एक हजार २०० भारतीय पेन्सनधारी नेपाली नागरिक छन् । उनीहरूले गएको चैतदेखि पेन्सन बुझ्न पाएका छैनन् । उनीहरूले भारतीय बैंकमार्फत आफ्नो पेन्सनवापतको रकम बुझ्ने गर्दछन् ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- विदेशी पर्यटक भित्र्याउन सरकारले पहलकदमी लिनुपर्ने
- प्रधानमन्त्रीे, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखबिरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता
- सीमा अतिक्रमणपछि कञ्चनपुरको प्यारातालमा भारतको गिद्देनजर : नेपाली पक्ष मौन
- पत्रकार महासंघले ठूला मिडियाको लगानीको पारदर्शिता खोज्ने
- “१५ वर्ष एमालेको नेतृत्व गरेको मलाई प्रचण्डको मामुली कार्यकर्ता नठान्नु”- नेपाल
- संक्रमितलाई समयमै अस्पताल पुर्याउन नसकिएकोमा प्रधानमन्त्री सुगाद्वारा क्षमायाचना
- पोखरामा सम्पन्न ‘बञ्जी कपल च्यालेन्ज’ चार जोडीले जिते
- विपीको ‘आत्मवृत्तान्त’ जापानी भाषामा प्रकाशन हुँदै
- भोलिदेखि कोरोना खोप अभियान : देशभरि ६२ अस्पतालमा एक सय २० केन्द्र
- ट्रम्पद्वारा फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना
- लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध लडिरहने प्रचण्डको अठोट
- भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना
- प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने
- एनआरएनएको विधान र आर्थिक प्रतिवेदन पारित
- ‘केटू’ आरोहण गर्ने कीर्तिमानी आरोहीलाई काठमाडौँमा भव्य स्वागत
- कर्णालीमा आइपुग्यो कोरोना खोप ‘कोभिशिल्ड’
- प्रतिनिधिसभा विघटन मुद्दा इजलास हेर्दाहेर्दैमा आज पनि
- लिच्छविकालीन कमलपोखरी बचाउन सडक आन्दोलन
- निर्वाचन आयोगको निर्णयले पार्टी एकतामा बल पुग्ने गौतमको दावी
- बेलायतमा महामारीकाबीच विद्यालय खोल्न प्रधानमन्त्रीलाई दवाव, मृत्यु हुनेको संख्या ९७ हजार भन्दा बढी
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


