महामारीमा पनि छाडेनन् कमाउने धन्दा, तीन अस्पताललाई निःशुल्क उपचार गर्न निर्देशन
कोरोना संक्रमणको महामारीका बेला सरकारले गरेको सानो गल्तीले स्वास्थ्य सुविधा जटिल बनेको छ । सरकारले अकस्मात कोरोना संक्रमितको उपचार सरकारले नगर्ने घोषणा गरेपछि निजी अस्पतालहरुले यसलाई पैसा कमाउने मेसो बनाउँदै बिना धरौटी बिरामी भर्ना नै नगर्ने भए ।
यस क्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री जीवन घिमिरेले मोरङ जिल्लामा निजी क्षेत्रबाट सञ्चालित तीन कोभिड अस्पतालको अनुगमन गर्दै संक्रमितको निःशुल्क उपचार गर्न निर्देशन निुभएको छ ।


नागरिकले निजी क्षेत्रको अस्पतालबाट कोभिड सङ्क्रमित बिरामीको उपचार नपाई अनाहकमा मृत्यु हुने, निःशुल्क उपचार गर्नुपर्नेमा शुल्क लिएको, अत्यधिक लिने, धरौटी रकम राख्नु पर्नेलगायतका गुनासा आएकाले अनुगमन गर्दै सो निर्देशन दिइएको हो ।
अनुगमनका क्रममा मुख्यमन्त्री समक्ष मोरङको बुढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा कोभिड बिरामीका आफन्तले मङ्सिर ८ गते अगाडिसम्म रु तीन लाखसम्म धरौटी राख्नु पर्ने, सरकारले तोकेकोभन्दा ज्यादा साधारण, सघन उपचार कक्ष तथा भेन्टिलेरमा उपचार गराउँदा रु १५ हजारदेखि रु ३० हजारसम्म दैनिक तिर्नुपरेका गुनासो व्यक्त गरेका थिए ।
भोजपुर हतुवागढी–४ का राजकुमार राईले आफ्नो फुपू सङ्क्रमित भएको र उपचारका लागि अस्पताल ल्याउँदा रु तीन लाख धरौटी माग भएकोमा भनसुनबाट रु ५० हजार धरौटी राखेको मुुख्यमन्त्रीलाई जानकारी दिनुभयो । उनीहरूले अस्पतालबाट सेवा सुविधा भने राम्रो रहेको जानकारी गराए ।
सो अवसरमा मुख्यमन्त्री राईले अस्पताल प्रशासनलाई सङ्घीय सरकारको नीतिअनुसार मङ्सिर ३ गतेदेखि निजी क्षेत्रको कोभिड अस्पतालले सङ्क्रमित बिरामीको उपचार निःशुल्क गर्न निर्देशन दिनुभयो । उहाँले म उपचार गर्छु भन्ने बाहेक सङ्क्रमितको उपचारको खर्च सरकारले भुक्तानी दिने हुनाले सबैको उपचार निःशुल्क गर्न निर्देशन दिनुभयो ।
महामारीको यस समयमा कोरोनो नियन्त्रण, रोकथाम गर्नु हामी सबैको कर्तव्य भएकाले नागरिकलाई अकाल मृत्युबाट जोगाउन उपचार सेवालाई सहज र निःशुल्क गरिएको हुनाले सोहीअनुसार गर्न आग्रह गर्नुभयो । उहाँले बिरामीका आफन्तबाट आएका गुनासासम्बन्धी अस्पताल जिम्मेवार पक्ष र प्रशासनसँग बसेर छलफल गरी सम्बोधन गर्ने बताउनुभयो । सामाजिक विकासमन्त्री जीवन घिमिरेले सङ्घीय सरकारको प्रोटोकलअनुसार निजी क्षेत्रको कोभिड अस्पतालले नागरिकलाई निःशुल्क उपचार उपलव्ध गराउनुपर्छ भन्नुभयो ।
अस्पतालका निर्देशक डा ज्ञानेन्द्र कार्कीले सरकारको परिपत्र अस्पष्ट रहेको हुनाले सक्षमबाहेक गरिब, असहायलाई स्थानीय निकायको पत्रअनुसार यही मङ्सिर ८ गतेदेखि निःशुल्क उपचार सेवा दिइरहेको बताउनुभयो । उहाँले कोभिड सङ्क्रमित उपचारमा खट्ने चिकित्सकको मासिक रु दुई लाख २० हजार र स्टाफ नर्सलाई रु एक लाख २८ हजार तलब भुक्तानी दिएको बताउँदै सेवाअनुसार सरकारबाट पाउने रकम न्यून भएको गुनासो व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री राईले विराटनगर–४ स्थित नोबेल शिक्षण अस्पतालको र न्यूरो अस्पताल विराटनगर–९ को पनि आज निरीक्षण गर्नुभयो । अनुगमनका क्रममा मुख्यमन्त्री समक्ष बिरामीका आफन्तले नोबेल अस्पतालको सघन कक्षमा बिरामी भेट्न जाँदा प्रत्येक पटक रु दुई हजार मूल्य बराबरको पीपीई लगाउनु पर्ने प्रावधान राखेको र चिकित्सकबाट गुणस्तरीय सेवा सुविधा नपाएको गुनासो राखे । नोबेल अस्पतालले कोभिड बिरामीसँग दैनिक रु २० उपचार खर्च लिने गरेको छ भने न्यूरो अस्पतालले रु ३० हजार लिने गरेको छ ।
सो अवसरमा नोबेल अस्पतालका प्रबन्धक राजेश नेपालले सङ्घीय सरकारको निःशुल्क उपचारको पत्र नआएकाले शुल्क लिएको बताउनुभयो । यसैगरी न्यूरो कोभिड अस्पतालले सङ्क्रमितसँग दैनिक रु ३० हजार उपचार सेवा लिइरहेको अस्पतालमा उपचार गराइरहेका बिरामीका आफन्तले बताएका छन् ।
सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले सङ्क्रमितको उपचार खर्च सरकारले दिने हुनाले अविलम्ब निःशुल्क उपचार सेवा प्रवाह गर्न अस्पताललाई निर्देशन दिनुभयो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- विदेशी पर्यटक भित्र्याउन सरकारले पहलकदमी लिनुपर्ने
- प्रधानमन्त्रीे, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखबिरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता
- सीमा अतिक्रमणपछि कञ्चनपुरको प्यारातालमा भारतको गिद्देनजर : नेपाली पक्ष मौन
- पत्रकार महासंघले ठूला मिडियाको लगानीको पारदर्शिता खोज्ने
- “१५ वर्ष एमालेको नेतृत्व गरेको मलाई प्रचण्डको मामुली कार्यकर्ता नठान्नु”- नेपाल
- संक्रमितलाई समयमै अस्पताल पुर्याउन नसकिएकोमा प्रधानमन्त्री सुगाद्वारा क्षमायाचना
- पोखरामा सम्पन्न ‘बञ्जी कपल च्यालेन्ज’ चार जोडीले जिते
- विपीको ‘आत्मवृत्तान्त’ जापानी भाषामा प्रकाशन हुँदै
- भोलिदेखि कोरोना खोप अभियान : देशभरि ६२ अस्पतालमा एक सय २० केन्द्र
- ट्रम्पद्वारा फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना
- लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध लडिरहने प्रचण्डको अठोट
- भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना
- प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने
- एनआरएनएको विधान र आर्थिक प्रतिवेदन पारित
- ‘केटू’ आरोहण गर्ने कीर्तिमानी आरोहीलाई काठमाडौँमा भव्य स्वागत
- कर्णालीमा आइपुग्यो कोरोना खोप ‘कोभिशिल्ड’
- प्रतिनिधिसभा विघटन मुद्दा इजलास हेर्दाहेर्दैमा आज पनि
- लिच्छविकालीन कमलपोखरी बचाउन सडक आन्दोलन
- निर्वाचन आयोगको निर्णयले पार्टी एकतामा बल पुग्ने गौतमको दावी
- बेलायतमा महामारीकाबीच विद्यालय खोल्न प्रधानमन्त्रीलाई दवाव, मृत्यु हुनेको संख्या ९७ हजार भन्दा बढी
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


