गोकुल बाँस्कोटा गोकुल बाँस्कोटा

  • गोकुल बाँस्कोटा
  • गोकुल बाँस्कोटा
  • गोकुल बाँस्कोटा
  • गोकुल बाँस्कोटा
  • गोकुल बाँस्कोटा
  • गोकुल बाँस्कोटा

महिलामा हुने विभेद व्यवहारिक रुपमा अन्त्य गरिनुपर्छ : मन्त्री बाँस्कोटा

26 April, 2019 11:35 | राजनीति | comments | 6450 Views

गोकुल बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले महिलामा हुने विभेदलाई व्यावहारिक रुपमा अन्त्य गरिनुपर्नेमा जोड दिएका छन् ।‘इन्टरनेश्नल गल्र्स इन आइसिटी डे’ का अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणद्वारा बिहिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानूनीरुपमा महिलामा विभेद नभए पनि यसले व्यावहारिक रुप लिन नसकेकाले सरकार र सरोकारवाला सङ्घ÷संस्थाले पहल गर्नुपर्नेमा जोड दिए ।

adsads

‘कानूनीरुपमा महिलामा शिक्षा, स्वास्थ्य, नागरिकता र सम्पत्तिको अधिकार सुनिश्चित भएको छ तर व्यावहारिक रुपमा पछाडि पारिएकाले हामी सबै मिलेर त्यसको समाधान गर्नुपर्छ’, सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले भने ।

सूचना, सञ्चार र प्रविधि सदुपयोग गरेर योे क्षेत्रमा महिलाको बढीभन्दा बढी सहभागिता हुनुपर्नेमा जोड दिँदै उनले भ्रष्टाचार अन्त्यका लागि पनि यस क्षेत्रमा महिलाको सहभागितामा वृद्धि गर्नुपर्ने बताए ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सरकारले अघि सारेको ‘डिजिटल नेपाल’को अभियानलाई साकार बनाउन सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरे । उक्त दिवसका अवसरमा सूचना र प्रविधिको क्षेत्रमा योगदान पुर्याउने विभिन्न सङ्घ÷संस्थालाई सम्मान गरिनाका साथै प्रभातफेरी र आइसिटी प्रदर्शनीसमेत गरिएको थियो ।

प्रभातफेरीमा सहभागीले ‘आइसिटी हामी नारी जुटौँ देशमा विकासको मूल फुटाऊँ’, ‘आइसिटीबाट बालिकाको भविष्य सुनिश्चित गरौँ’, ‘सूचना तथा सञ्चार प्रविधिमा किशोरीको सहभागिता, डिजिटल नेपाल निर्माणमा प्रभावकारिता’ र ‘प्रविधिमा महिलाको पहुँच बराबर डिजिटल नेपालको सपना साकार’ लेखिएका प्लेकार्ड बोकेका थिए ।

महिलाबिरुद्ध हुने सबै विभेदको अन्त्यका लागि सबैको सहकार्य आवश्यक

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
गोकुल बाँस्कोटा

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

फेसबुक

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

ट्वीटर

सामाजिक सञ्जाल

More