त्रिलोचन भट्टत्रिलोचन भट्ट

  • त्रिलोचन भट्ट
  • त्रिलोचन भट्ट
  • त्रिलोचन भट्ट
  • त्रिलोचन भट्ट
  • त्रिलोचन भट्ट
  • त्रिलोचन भट्ट

“महिला स्वयं आत्मरक्षाका लागि तयार हुन जरुरी”

6 October, 2018 22:37 |प्रदेश , प्रदेश ७ | comments | 36000 Views

    त्रिलोचन भट्ट

    पछिल्लो समय बलात्कारका घटना बढ्न थालेपछि देशका विभिन्न भागमा बालबालिका तथा महिलालाई आत्मरक्षाको अभ्यास गराउन थालिएको छ । यसले बलात्कार तथा यौन हिंसाबाट बच्न सघाउ पुग्ने धेरैको अपेक्षा छ ।

    adsads

    यस्तोमा बलात्कार र हत्याका घटनाले बद्नाम बनेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समाजमा हुने महिला हिंसाका घटनामा कमी ल्याउन महिला स्वयम तयार हुनु जरुरी रहेको बताउनुभएको छ ।

    राष्ट्रिय गोजुरियो कराते दो सङ्घ नेपालले शनिबार धनगढीमा आयोजना गरेको महिलाका लागि सातदिने आत्मरक्षा शिविरको उद्घाटन गर्नुहुँदै उहाँले भन्नुभयो, “आधा धर्ती र आधा आकाश ओगटेर बसेका महिला जो आज समाजमा पीडित छन्, उपेक्षित छन्, हिंसामा छन्, तीनै महिलाको स्वाभिमान र आत्मरक्षा जोगाउन दृढ भएर लाग्न आवश्यक छ ।”

    समारोहमा सामाजिकमन्त्री दीर्घबहादुर सोडारीले महिला हिंसा न्यूनीकरणका लागि सामाजिक न्यायसहितको समाज निर्माणमा प्रदेश सरकारबाट अधिकतम प्रयत्न गरिने बताउनुभयो ।

    राष्ट्रिय गोजुरियो कराते दो सङ्घ नेपालका केन्द्रिय महासचिव प्रकाशकुमार चन्दले महिलाको लागि सात दिने आत्मरक्षाको तालिमबाट महिलामा आत्मविश्वासको अभिवृद्धि भई बलात्कार र हिंसाजस्ता अपराधिक घटनामा कमी आउने विश्वास व्यक्त गर्नुभयो ।

    यो आत्मरक्षा शिविर सुदूरपश्चिमको धनगढीबाट आजदेखि शुरु भई असोज २६ गते प्रदेश नं १ को बिर्तामोडमा समापन गरिने जनाइएको छ । आत्मरक्षा तालीममा सहभागीका लागि करीब एक हजार ७०० भन्दा महिला तथा बालबालिकाले फाराम भरेका छन् ।

    निर्मला पन्त बलात्कारपछि कञ्चनपुरमा नौ, प्रदेश ७ मा २८ बलात्कारका घटना

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    त्रिलोचन भट्ट

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई

    फेसबुक

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!