माइकल ज्याक्सनको बायोपिक गर्ने टाइगरको चाहाना

21 May, 2019 15:00 | कला/मनोरन्जन | comments | 10950 Views

बलिउडमा अहिले बायोपिकको लहर चलेको छ । बलिउड अभिनेता टाइगर श्राफले पनि माइकल ज्याक्सनको बायोपिक गर्ने इच्छा भएको बताएका छन् ।

adsads

उनले भने, ‘अहिले धेरै व्यक्तिको बायोपिक बनिरहेको छ । मलाई पनि माइकल ज्याक्सनको बायोपिक गर्ने मन छ ।

आज माइकल ज्याकसनलाई हरेक देश, हरेक गल्ली र हरेक बच्चाले चिन्छन् । उहाँले डान्सलाई निकै उचाईमा पुर्याउनु भएको छ । म पनि यस्तै उचाई चाहन्छु । एक दिन त्यो उचाई सम्म पुग्छु भन्ने आशा छ ।’

टाइगर बलिउडमा एक्सन हिरोको साथै डान्सिङ्ग स्टार भनेर चिन्छिन् । उनको डान्स हेर्दा बच्चा देखिनै डान्स गर्थे जस्तो देखिन्छ । तर उनले डान्स गर्न थालेको ६ वर्ष मात्र भएको छ ।

टाइगर माइकल ज्याक्सनको जस्तै डान्स गर्न चाहन्थे । उनी ऋितिक रोशनको डान्सको पनि फ्यान हुन् । उनले भने, ‘म आज जहाँ छु त्यो माइकल ज्याक्सनको कारणले छु । उहाँ मेरो प्रेरणाको स्रोत हो । मैंले पहिलो फिल्म ‘हीरोपन्ती’ साइन गर्नु भन्दा एक वर्ष अगाडी डान्स सिक्न सुरु गरेको थिएँ । मैंले डान्स गर्न थालेको ६ वर्ष मात्र भयो । मैंले डान्स गर्नको लागि निकै मिहेनत गरेको छु । म पुरै दिन डान्स गर्दै बस्थे ।’

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!