माइतीघर मण्डलामा आकर्षक घडी राखिने

28 October, 2014 19:01 | आगामी कार्यक्रम , मुख्य समाचार | comments | 32400 Views

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको शिखर सम्मेलन नजिकिदै जादा काठमाडौँ सहरमा भने सफासुघर र रंगरोगनको काम द्रुत गतिमा गईरहेको बेला माइतीघर मण्डलामा रंगरोगन गरि एक आकर्षक घडी राखे तयारी भैरहेको छ |

mandala

‘३० प्रतिशतभन्दा बढी काम सकियो, अझै धेरै काम गर्न बाँकी भएकाले तीव्र रुपमा तयारी भैरहेको छ’ काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले जानकारी दिनुभयो । सन् २००१ मा सार्क शिखर सम्मेलन भएको बेला बनाइएको मण्डलालाई पुरानै स्वरुपमा फर्काउने गरी रंगरोगनको काम भैरहेको उहाँले बताउनुभयो ।

  

मण्डलामा रंगरोगनको काम सकिएलगत्तै, ‘बिभिन्न संघसंस्थाको सहयोगमा छेउमा घण्टाघर आकारको सानो र चिटिक्क घडी राख्ने योजना छ’ श्रेष्ठले भन्नुभयो । घडीले मण्डलको आकर्षण झनै बढाउने काठमाडौँ महानगरपालिकाको आशा छ |

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More