माओवादी त्यागेका चार मन्त्रीले सांसद पद गुमाउँदै, गृहमन्त्री थापामाथि माओवादी नरम

8 April, 2021 17:10 | राजनीति | comments | 18000 Views

प्रतिनिधिसभाको बिहिबारको बैठकमा नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार मन्त्री सांसद नरहेको घोषणा हुने भएको छ । नेकपा विघटनपछि माओवादी र एमाले अस्तित्वमा आएपछि सरकारमा रहेका चार मन्त्रीले माओवपादी परित्याग गरेका थिए ।

माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद सचिवालयलाई पत्र पठाएर एमाले प्रवेश गरेका चार मन्त्रीलाई कारबाही गरेको पत्र बुझाएपछि प्रतिनिधिसभाको बिहीबार बोलाइएको चार सांसद पदमुक्त भएको घोषणा गर्ने संसद सचिवालयको तयारी छ ।

  

कारबाहीमा परेका अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली ४ का लेखराज भट्ट, रौतहट ३ का प्रभु साह र कैलाली ३ का गौरीशंकर चौधरी रहनुभएको छ । गृहमन्त्री रामबहादुर थापालाई भने माओवादीले कारबाही गरेको छैन ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुन्छन् । चारैजना सांसद मन्त्री छन् । प्रतिनिधिसभा सदस्य नहुनेवित्तिकै मन्त्री पद रिक्त हुन्छ । उनीहरुलाई पदमा कायमै राख्ने हो भने पुनः नियुक्ति गर्नुपर्छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More