माओवादी विद्रोही माओवादी विद्रोही

  • माओवादी विद्रोही
  • माओवादी विद्रोही
  • माओवादी विद्रोही
  • माओवादी विद्रोही
  • माओवादी विद्रोही

माओवादी विद्रोहीको आक्रमणमा परी भारतमा ११ अर्धसैनिकको मृत्यु

12 March, 2017 15:41 | विश्व समाचार | comments | 25500 Views

माओवादी विद्रोही

माओवादी विद्रोहीले राखेको एम्बुसमा परी भारतमा शनिबार कम्तीमा ११ जना अर्धसैनिकको मृत्यु भएको छ ।

छत्तिसगढ राज्यको सुक्मा जंगल क्षेत्रमा भएको घटनामा परी अन्य तीन जना घाइते भएको उच्च प्रहरी अधिकारी आर के भिजले जानकारी दिनुभयो ।

विद्रोहीले अवरोध गरेको सडक खुलाउन जादा अर्धसैनिक बल माथि आक्रमण भएको थियो । झण्डै सय जना अर्धसैनिकहरु सडक खुलाउन त्यस तर्फ जाँदै गरेको प्रेस ट्रष्ट अफ ईन्डीयाले जनाएको छ ।

भारतको पूर्वी तथा मध्यभागमा चीनका नेता माओ जेडोङ्गबाट प्रेरित माओवादी विद्रोहीहरु झण्डै तीन दशक देखि लड्दै आएका छन ।
किसान र गरिबलाई धेरै भन्दा धेरै सम्पत्ति र जागिर दिलाउन भन्दै उनीहरुले विद्रोह गरेको बताएका छन । भारत सरकारले यो विद्रोहलाई भारतको सवै भन्दा ठुलो सुरक्षा चुनौतीको रुपमा लिएको छ ।

  

भारतमा छ जना माओवादी मारिए

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
माओवादी विद्रोही

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More