माओ भन्थे महेन्द्र सबभन्दा ठूला कम्युनिष्ट, महेन्द्र भन्थे कम्युनिज्म मोटर चढेर आउँदैन (भिडियो)

23 August, 2019 19:03 |राजनीति | comments | 32700 Views

    आधुनिक नेपालको जग बसाल्ने काम गरे पृथ्वीनारायण शाहले राष्ट्र एकीकरणबाट । त्यसपछिको लामो कालखण्ड नेपाल विश्व राजनीतिक वृत्तमा कता कता हरायो तर २००७ सालको परिवर्तनपछि महेन्द्र राजा बनेपछि नेपालको विश्व रंगमञ्चमा दह्रो उपस्थिति भयो ।

    adsads

    यद्यपि आजका क्रान्तिकारी भनिने नेताहरु महेन्द्रको आलोचना गरेर थाक्दैनन् तापनि कुनै न कुनै सन्दर्भमा राजा महेन्द्रको कुशल कूटनीतिक क्षमता, विकासको पूर्वाधार निर्माण अनि राष्ट्रिय स्वाभिमान उच्च राख्न खेलेको भूमिकाको ताफि गर्छन् ।

    नेपालका नवौं शाहवंशीय राजा महेन्द्रको चर्चा अहिले पनि उत्तिकै हुन्छ । महेन्द्रले गरेको विकास, तयार गरेको पूर्वाधार अनि खडा गरेको राष्ट्रिय स्वाभिमान सबैका लागि गर्वको विषय हो ।

    चीनसंगको जोड्ने कोदारी राजमार्ग बनाउन सुरु भएपछि भारत लगायत पश्चिमा देशले नेपालमा कम्युनिष्ट भित्रिन्छ, राजतन्त्र खतरामा पर्छ भनेर बाटो नबनाउन कथित परामर्श दिनेहरुलाई राजा महेन्द्रले कम्युनिज्म मोटर चढेर आउँदैन भन्ने उत्तर दिएका थिए ।

    राजा महेन्द्रमा रहेको विकास चेत, देश प्रेम अनि राष्ट्रिय स्वाभिमानप्रतिको सजगताले उनलाई राष्ट्रवादी नेताका रुपमा स्थापित गरिदिएको छ । यद्यीप २०१७ सालमा जननिर्वाचित सरकार अपदस्थ गरेर आफ्नो प्रत्यक्ष शासन चलाएपछि राजनीतिक रुपमा आलोचना गरिए पनि देश विकासको खुडकिलो त्यही समयबाट सुरु भएको पाइन्छ ।

    स्व. श्री ५ महेन्द्रले गरेका कामहरुको संक्षिप्त चिनारीका लागि यो भिडियो हेर्नुहोस्-

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    ड्रोन आक्रमणबाट साउदी अरबको तेल प्रशोधन केन्द्रमा आगलागी

    फेसबुक

    ड्रोन आक्रमणबाट साउदी अरबको तेल प्रशोधन केन्द्रमा आगलागी

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!