माघे संक्रान्ति पर्वका अवसरमा शीर्षस्थ व्यक्तित्वद्वारा शुभकामना
हरेक वर्ष माघ १ गते नेपाली समुदायमा विविध नाम र तरिकाबाट मनाइने माघे संक्रान्तिका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, विभिन्न दलकका नेता लगायत शीर्षस्थ व्यक्तित्वहरुबाट सम्पूर्ण देशबासीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले माघे संक्रान्ति पर्वबाट नेपालीबीच आपसी एकता र सदभाव अभिवृद्धि गरी बृहत् राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना गर्नुभएको छ ।


शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले यस चाडले नेपालका हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजाति र समुदायका जनताबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गरी सामाजिक सांस्कृतिक एकतालाई सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएका हो ।
यस पर्वबाट मौलिक सांस्कृतिक परम्पराको संरक्षण र सम्वर्द्धन गर्न तथा विविध भौगोलिक क्षेत्र, जातजाति, भाषा र संस्कृतिका नेपालीबीच आपसी एकता, मित्रता, सहयोग र सद्भाव अभिवृद्धि गरी बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना राष्ट्रपतिले गर्नुभएको छ ।
त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षाका लागि संविधानको पूर्णपालन र संरक्षण अनिवार्य रहेको बताउनुएको छ ।
शुभकामना सन्देशमा उपराष्ट्रपति पुनले संविधानको संरक्षण र पूर्णपालनका लागि सबै पक्ष जिम्मेवार भएर आफ्नो कर्तव्य पूरा गर्नुपर्दछ भन्दै आफ्नो सात दशक लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गरेको संविधानको रक्षाका लागि जनताले पनि सचेततापूर्वक आफ्नो दायित्व पूरा गर्नुपर्ने बताउनुभएको छ ।
माघे संक्रान्ति (माघी पर्व) २०७७ ले संविधानको संरक्षण, पूर्णपालन, राजनीतिक स्थायित्व र मुलुकको समृद्धिका लागि जिम्मेवार हुन सबै नेपालीलाई प्रेरणा देओस् भन्ने कामनासमेत उहाँले गर्नुभएको छ ।
मगर, थारु, छन्त्याल लगायत समुदायले आ–आफ्नो मौलिकताका साथ मनाउने माघे संक्रान्ति पर्व सबै नेपालीको साझा भएको बताउँदै उपराष्ट्रपति पुनले यस पर्वले आपसी सदभाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको विकास गर्ने विश्वास उपराष्ट्रपति पुनले व्यक्त गर्नुभएको छ ।
यसै गरी सभामुख अग्निप्रसाद सापकोटाले चाडपर्वहरुको मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिने बताउँदै ‘संस्कृति जोगाउनु हाम्रो कर्तव्य हो, मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ ।’ भन्नुभएको छ ।
सभामुख सापकोटाले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त मुलुक भएको स्मरण गर्दै जातीय विविधता र यससँगै जोडिएर आएका संस्कृति हाम्रा मौलिक विशेषता भएको उल्लेख गर्नुभएको छ ।
तराई, पहाड र हिमाली क्षेत्रमा बसोबास गर्ने नेपालीले आआफ्नै तरिकाले मनाउने यस पर्वको फरक विशेषता र महत्व रहेको उल्लेख गर्दै सभामुख सापकोटाले सन्देशमा कोभिड–१९ को महामारी कायम रहेकाले यस वर्षका अरु चाडपर्वमा जस्तै माघेसंक्रान्ति÷माघी पर्व पनि उच्च स्वास्थ्य सतर्कताकासाथ मनाउनु हुन सबैमा अपिल गर्नुभएको छ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- “१५ वर्ष एमालेको नेतृत्व गरेको मलाई प्रचण्डको मामुली कार्यकर्ता नठान्नु”- नेपाल
- संक्रमितलाई समयमै अस्पताल पुर्याउन नसकिएकोमा प्रधानमन्त्री सुगाद्वारा क्षमायाचना
- पोखरामा सम्पन्न ‘बञ्जी कपल च्यालेन्ज’ चार जोडीले जिते
- विपीको ‘आत्मवृत्तान्त’ जापानी भाषामा प्रकाशन हुँदै
- भोलिदेखि कोरोना खोप अभियान : देशभरि ६२ अस्पतालमा एक सय २० केन्द्र
- ट्रम्पद्वारा फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना
- लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध लडिरहने प्रचण्डको अठोट
- भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना
- प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने
- एनआरएनएको विधान र आर्थिक प्रतिवेदन पारित
- ‘केटू’ आरोहण गर्ने कीर्तिमानी आरोहीलाई काठमाडौँमा भव्य स्वागत
- कर्णालीमा आइपुग्यो कोरोना खोप ‘कोभिशिल्ड’
- प्रतिनिधिसभा विघटन मुद्दा इजलास हेर्दाहेर्दैमा आज पनि
- लिच्छविकालीन कमलपोखरी बचाउन सडक आन्दोलन
- निर्वाचन आयोगको निर्णयले पार्टी एकतामा बल पुग्ने गौतमको दावी
- बेलायतमा महामारीकाबीच विद्यालय खोल्न प्रधानमन्त्रीलाई दवाव, मृत्यु हुनेको संख्या ९७ हजार भन्दा बढी
- शैक्षिकसत्र जेठसम्म लम्ब्याउने शिक्षा मन्त्रालयको तयारी
- घोषणा गरेकै समयमा चुनाव हुनेछ : प्रधानमन्त्री ओली
- “आरोपपत्र फिर्ता लिएर निर्वाचनमा आए पार्टी एकता जोगाउन सकिने”
- कमला ह्यारिस : उच्च ओहदामा पुग्ने पहिलो अमेरिकी महिला
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


