भीमबहादुर रावलभीमबहादुर रावल

  • भीमबहादुर रावल
  • भीमबहादुर रावल
  • भीमबहादुर रावल
  • भीमबहादुर रावल
  • भीमबहादुर रावल
  • भीमबहादुर रावल

माथिल्लो कर्णाली सम्झौता र गोर्खा भर्ती खारेज गर्न नेता रावलको माग

13 August, 2019 19:06 |राजनीति | comments | 20400 Views

    भीमबहादुर रावल

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले नेपालाई राणा शासनले थोपरेको गलत सम्झौताबाट देशमाथि थोपरिएका असमान र अपमानजनक सन्धिबाट मुक्त गर्न सरकारले कुटनीतिक र राजनीतिक पाइला चाल्नुपर्ने बताउनुभएको छ । प्रतिनिसभाको मंगलबारको बैठकमा बोल्दै नेता रावलले सो सुझाव दिनुभएको हो ।

    adsads

    नेता रावलले गोर्खा भर्ती केन्द्र बन्द गर्नुपर्ने माग राख्दै राष्ट्रिय परिचयपत्र, गाडीका नम्बर प्लेट, कर र भन्सारको महसुल संकलन जस्ता संवेदनशील तथ्यांकको अभिलेख विदेशी सर्भरमा राख्न नहुने बताउँदै त्यस्तो नेपालमा, नेपाल सरकारकै मातहतमा रहने व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।

    नेता रावलले माथिल्लो कर्णालीको सम्झौता कुनै पनि हालतमा नवीकरण गर्न नहुने बताउँदै सम्झौताका प्रावधान विपरीत आयोजनाको निर्माणमा ढिलो गर्ने अनुचित अनुमति दिएर देशलाई क्षति पुर्याउने मौका कसैलाई पनि दिन नहुने बताउनुभयो ।

    गोर्खा ब्रिगेडको नाममा मानव तस्करी भैरहेको छ

    उहाँले हालै भारतको जम्मु र कश्मिरमा भएको घटनातर्फ लक्षित छरछिमेक र अन्तर्राष्ट्रिय जगतमा भएका घटनाबाट पाठ सिक्नुपर्ने बताउँदै उहाँले नेपालकै छरछिमेक र अन्तर्राष्ट्रिय जगतमा घटेका घटनाक्रम र राजनीतिक परिस्थितिलाई गम्भीर रुपमा विश्लेषण गर्दै समय, काल र अवस्थाअनुरुप राष्ट्रिय हितमा दृढताका साथ अग्रसर हुन आवश्यक रहेको बताउनुभयो ।

    शक्ति राष्ट्रहरुले समेत राष्ट्रिय स्वाभिमानलाई महत्व दिइरहेको अवस्थामा अस्थिर राजनीति र द्वन्द्वको अवस्थाबाट नयाँ परिस्थितिमा प्रवेश गरेको नेपालले चनाखो भई आफ्नो हितको रक्षा गर्नुपर्ने भन्दै नेता रावलले नेपाललाई कुनै पनि शक्ति राष्ट्र र सामरिक गठजोडमा लाग्न संविधानले समेत अनुमति नदिएको स्मरण गराउँदै प्राकृतिक विपदको सामना गर्ने उद्देश्यमा सीमित तालिम र अनुभव आदान प्रदान गर्न सकिने भए पनि ठूलो संख्यामा सेनालाई संलग्न गराएर सैन्य अभ्यासमा नेपाल सहभागी हुन नहुने बताउनुभयो ।

    माथिल्लो कर्णाली जलविद्युत् आयोजना सरकार आफैले बनाउनुपर्छ : नेता रावल

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    भीमबहादुर रावल

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More