माथिल्लो तामाकोशी– ४८ अर्बको अनुमानित लागत– पुग्यो ६९ अर्ब

25 March, 2019 18:26 | अर्थ | comments | 17850 Views

नेपालको आफ्नै पूँजी र प्रविधिमा हालसम्म निर्माण आरम्भ गरिएका आयोजनामध्ये सबैभन्दा ठूलो आयोजना हो माथिल्लो तामाकोशी जलविद्युत आयोजना । यो आयोजनाको अनुमानित लागत सबै जोडेर ४८ अर्ब ८६ करोड थियो अब ६९ अर्ब ५९ करोड पुग्नेछ ।

यसमा निर्माण अवधिको ब्याजबाहेक रु ३५ अर्ब २९ करोड ४१ लाख थियो । निर्माण अवधिको ब्याज रु १३ अर्ब २२ करोड र वित्तीय व्यवस्थापन तथा बैंक कमिसनसहित आयोजनाको अनुमानित लागत ४८ अर्ब थियो ।

  

त्यतिबेला एक अमेरिकी डलरको सटही दर ९७.६ रुपैयाँ थियो । अहिले आयोजनाको लागत रु ४९ अर्ब २९ करोड ५५ लाख (निर्माण अवधिको ब्याजबाहेक) पुग्ने संशोधित अनुमान छ । निर्माण अवधिको ब्याज रु १९ अर्ब ८४ करोडसहित आयोजनाको अनुमानित लागत रु ६९ अर्ब ५९ करोड पुग्नेछ । आयोजनामा हालसम्म रु ४४ अर्ब सात करोड खर्च भइसकेको छ ।

नेपाली मुद्राको अवमूल्यन र मूल्य अभिवृद्धिका कारण आयोजनालाई रु १२ अर्ब थप वित्तीय दायित्व सिर्जना भएको कम्पनीले जनाएको छ । भूकम्पले गर्दा झण्डै दुई वर्ष काम रोएिको, बाँध स्थलतर्फ जाने सुरुङ मार्ग बनाउनु परेको, केही संरचनाको डिजाइन हेरफेर, निर्माण अवधि बढ्दा ठेक्का मूल्य समायोजन, विदेशी विनिमय दरमा भएको नोक्सानी, प्रशासनिक खर्चको वृद्धिलगायतले गर्दा आयोजनाको लागत बढेको पाइएको छ ।

आयोजनाले क्षति पुगेको विद्युत् गृह गोङ्गरदेखि बाँध स्थल लामाबगरसम्मको पहुँच सडकमा पर्ने काभ्रेभिर नजीकै करीब ३६० मिटर सुरुङ मार्ग बनाएको थियो ।

आयोजनामा कर्मचारी सञ्चयकोषले रु १० अर्ब, नेपाल टेलिकमले रु छ अर्ब, नागरिक लगानी कोषले तथा राष्ट्रिय बीमा संस्थानले रु दुईदुई अर्ब र अपुग रु ११ अर्ब आठ करोड सरकारले ऋण लगानी गरेका छन् । उनीहरूले प्रवाह गरेको ऋणको ब्याजदर ११ प्रतिशतभन्दा बढी छ ।

हरेक तीन–तीन महीनामा एकमुष्ट ब्याजदर तय हुन्छ, यसले गर्दा आयोजना महँगो बनिरहेको छ ।

कम्पनीमा प्राधिकरणको ४१, नेपाल टेलिकमको छ, नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको दुईदुई प्रतिशत संस्थापक शेयर छ । कम्पनीमा सर्वसाधारणको १५ प्रतिशत, दोलखावासीको १०, सञ्चयकोषका सञ्चयकर्ता, कम्पनी र प्राधिकरणका कर्मचारी तथा ऋण प्रवाह गर्ने संस्थाका कर्मचारीको २४ प्रतिशत शेयर लगानी छ ।

आगामी मङ्सिरदेखि माथिल्लो तामाकोशी सञ्चालनमा आउने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More