मादक पदार्थ सेवन गरि छोरीको हत्या

10 July, 2015 15:55 | जन सरोकार , मुख्य समाचार | comments | 21600 Views

मादक पदार्थ सेवन गरि डोटीको लडागडा गाबिसका एकजनाले छोरीको हत्या गरेका छन् । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलले दिएको जानकारी अनुसार रक्सी पिएर घर गएका ३८ वर्षका काल्चे भन्ने रबि साउदले ६ महिनाकी छोरी हरिना साउदको हत्या गरेका हुन् ।

रक्सि सेवन गरेका उनीले घर पुग्ने बित्तिकै श्रीमती र छोराछोरीसँग झगडा गर्दै कुटपीट गर्न थालेका थिए । श्रीमती र छोराले भागेर ज्यान बचाएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार श्रीमती र छोरा भागेपछि साउदले भाग्न नसकेकी ६ महिनाकी छोरीलाई घरबाट नजिकै रहेको गेड्डा भन्ने खोलामा लगेर हत्या गरेर गाडेका थिए ।

साउद लाई प्रहरीले प्रहरीले नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ ।

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More