मादलमा भविष्य खोज्दै २१ वर्षीया युवती अनिता मादलमा भविष्य खोज्दै २१ वर्षीया युवती अनिता

  • मादलमा भविष्य खोज्दै २१ वर्षीया युवती अनिता
  • मादलमा भविष्य खोज्दै २१ वर्षीया युवती अनिता
  • मादलमा भविष्य खोज्दै २१ वर्षीया युवती अनिता
  • मादलमा भविष्य खोज्दै २१ वर्षीया युवती अनिता
  • मादलमा भविष्य खोज्दै २१ वर्षीया युवती अनिता
  • मादलमा भविष्य खोज्दै २१ वर्षीया युवती अनिता

मादलमा भविष्य खोज्दै २१ वर्षीया युवती अनिता

25 May, 2019 10:30 | जन सरोकार | comments | 12600 Views

मादलमा भविष्य खोज्दै २१ वर्षीया युवती अनिता

रोजगारी नपाएर दिनहूँ हजारौँ युवा रोजगारीको खोजीमा भौँतारिरहेका बेलामा स्याङ्जाकी अनिता गन्धर्व भने मादलमा आफ्नो भविष्य खोज्दै छिन् । पुतलीबजार नगरपालिका–१ स्थित जिल्ला सदरमुकामको नजिकै रहेको घरमा २१ वर्षीया अनिता मादल बनाएर राम्रो आम्दानी गर्न सफल भएकी छन् ।

adsads

अनिताको दैनिकी बिहानदेखि साँझसम्म मादल बनाउने र खरी लगाउँदैमा बित्ने गर्छ । मादलमा खरी लगाउँदै गर्दाको अवस्थामा भेटिएकी अनिताले पहिला लजाउँदै कुरा गर्न अलि अप्ठेरो मानिन् । केही बेरको कुराकानीपछि खुलेरै आफ्नो व्यवसायका बारेमा बताइन् ।

घरमा यत्तिकै बस्नुभन्दा काम गर्दा समय कटाउन सजिलो हुने उनले सुनाइन् । शुरुमा अप्ठ्यारो जस्तो भए पनि काम गर्दै जाँदा अहिले आएर कमाइको राम्रो माध्यम हुनेरहेछ भन्ने बुझेपछि यसैमा अभ्यस्त हुन थालेको अनिताले अनुभव सुनाइन् ।

दुई वर्षदेखि मादल बनाउँदै आएकी अनिताले मासिक रु २५ देखि रु ३० हजारसम्म कमाइ हुने बताउँछिन् । ‘काम भन्ने कुरा सानो ठूलो हुँदैन यतिकै बसेर अरूको कमाइको आश गर्नुभन्दा आफूले सकेअनुसारको काम गर्दा आवश्यक खर्च जुटाउन सकिन्छ’, अनिताले भनिन् ।

परिवारको आश गर्न नपर्ने र घरपरिवार चलाउन सजिलो हुने भएकाले सीपअनुसारको काम गर्दा राम्रो हुने उनको सुझाव थियो । अनिताले यो पेशाबाट आफू सन्तुष्ट रहेको बताइन् । कमाउनकै लागि विदेश जानुभन्दा आफ्नै देशमा घर परिवार सँंगसंँगै बसेर सानोठूलो आफ्नो क्षमतानुसारको काम गर्न अनिताले आग्रह गरिन् ।

एउटा मादल रु तीन हजारदेखि रु पाँच हजारसम्ममा विक्री हुन्छ । मादल बनाउन आवश्यक पर्ने सामग्रीको व्यवस्था घरपरिवारले जुटाइदिने गरेका छन् । उत्तिस, गोएलो, सिरिसलगायतको काठ र छालाको प्रयोग गरेर मादल बनाइने अनिताले सुनाइन् ।

उनको श्रीमान्ले ठेक्कापट्टाको काम गर्छन् । अनिताको काममा घर परिवारका सबैको सहयोग रहेको छ । एउटा मादल बनाउन चारदेखि पाँच दिनसम्म लाग्छ । सीप र जाँगर भए परिवार पाल्नकै लागि विदेशिनु पर्दैन भन्दै उनले आफ्नै देशमा इलम गरेर घरपरिवारको खर्च चलाउन सकिन्छ भन्ने उदाहरण देखाएकी छन् ।

घन्किन छाडे मादलको धुन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
मादलमा भविष्य खोज्दै २१ वर्षीया युवती अनिता

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!