“मानवता संकटमा परेका बेला त्यसलाई नाफा कमाउने माध्यम नबनाऔं” (भिडियो)
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबिरुद्धको भ्याक्सिनको बारेमा आएको राम्रो खबरबाट उत्साहित भइरहदा सबैका लागि उपलब्ध हुने नहुनेबारे अनिश्चितता बढेको बताउँदै मानवता संकटमा रहेको बेला जीवन बचाउने भ्याक्सिन नाफा कमाउने माध्यम नबनेर सबै व्यक्ति र देशको पहुच र क्षमता पुग्ने विश्वब्यापी सार्वजनिक सम्पत्ति हुनुपर्ने माग गर्नुभएको छ ।
संयुक्त राष्ट्रसंघ महासभाको कोराना महामारीबारे विशेष सेसनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै धनी र गरिब मुलुकलाई भ्याक्सिनको पहुँच कायम गर्नका लागि ल्याइएको कोभ्याक्स कार्यक्रमको प्रशंसा गर्दै विश्वब्यापी रुपमा खोप वितरण सुनिश्चत नभएसम्म विश्व महामारीबाट सुरक्षित नहुने पनि बताउनुभएको छ ।


ओलीले वर्तमान महामारी स्वास्थ्य संकट मात्र नभएर यो राष्ट्रहरू बीचको बढ्दो असमानता र प्रकृतिसँग मेलमिलाप गर्न मानवताको विफलताको बिरूद्ध वेक अप कल भएको बताउनुभयो । ओली भन्नुभयो – ‘हामी सबै समान अग्निप्रलयमा छौं। हामी मध्ये कसैलाई लाग्न सक्छ कि हामी सुरक्षित छौं । तर त्यस्तो छैन सबै खतरामा छन्।’
प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘वर्तमान संकटले समाजको रक्षा गर्न जीवन बचाउने र विश्वव्यापी एकताको साँचो प्रतिबद्धताको माग गर्दछ। हामी विचलित हुनु हुँदैन। हामीले एउटा समुदाय, एक सभ्यता र एक विश्वको रूपमा कार्य गर्नुपर्दछ।’
महामारीले अमूल्य पाठ सिकाएको बताउँदै ओलीले यो संसार सानो डुंगा भएको र सबैजना त्यसका यात्रु रहेको ओलीले बताउनुभयो । उहाले भन्नुभयो – ‘हामीले मन पराए पनि नपराए पनि हामी सबैको भाग्य एउटै साझा हो ।’
अरु देशहरु जस्तै नेपाल पनि महामारीको यो स्तरका लागि तयार नरहेको ओलीले बताउनुभयो । तर भाइरसलाई नियन्त्रण गर्न सबै राजनैतिक, आर्थिक, मानव, र प्राविधिक संसाधनहरू परिचालन गरेको उनले दावी गरे । आफुहरु व्यक्तिको जीवनरक्षा र स्वास्थ्य प्रणालीको सवलताको उद्देश्यबाट निर्देशित रहेको समेत उहाले बताउनुभयो ।
गरिबहरुलाई कोरोना परीक्षण र उपचार निशुल्क गरिएको तथा संघीय, प्रान्तीय, र स्थानीय स्तरमा स्वास्थ्य प्रणालीको लागि आवश्यक पूर्वाधार, मानव र वित्तीय स्रोतहरू र चिकित्सा उपकरणहरू सुनिश्चित गरिएको ओलीले बताउनुभयो । झण्डै शुन्यबाट सुरु गरेर अहिले देशभरका ६८ वटा ल्याबमा पीसीआर परीक्षण सुविधा विस्तार गरेको उहाले बताउनुभयो । ७० भन्दा धेरै अस्पताललाई कोभिड १९ अस्पताल तोकिएको पनि उहाँले बताउनुभयो।
सबै ७५३ स्थानीय स्तरमा आधारभूत स्वास्थ्य सुविधा सहितका अस्पताल निर्माणको दिशामा अगाडि बढेको प्रधानमन्त्री ओलीले बताउनुभयो । त्यस्तै कोभिड १९ सम्बन्धित ४८ सेट निर्देशिकाहरु तयार पारेको समेत उहाले जानकारी गराउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो ‘स्वास्थ्य संस्था, व्यक्ति, जनसंचार माध्यम, सोशल मिडिया र स्वास्थ्य मन्त्रालयले दैनिक ब्रीफिंग मार्फत स्वास्थ्य प्रोटोकल, सुरक्षा र सरसफाइको बारेमा जनचेतना जगाउने काम विशेष उपयोगी भएको छ।’
महामारीका बेलामा राष्ट्रसंघ र विश्व स्वास्थ्य संगठनको विश्वब्यापी समन्वय र नेतृत्वदायी भूमिकाको ओलीले प्रशंसा गर्नुभएको छ । महामारीलाई अन्तर्राष्ट्रिय प्रतिवद्धता र एकताबाट पछाडि हट्ने बहाना बनाइन नहुने उहाले बताउनुभयो । विशेष परिस्थितिमा रहेका देशहरूलाई आफ्नो अर्थव्यवस्था स्थिर राख्न र ऋण संकटलाई समाधान गर्न अझ बढी सहयोगको खाँचो पर्ने ओलीले बताउनुभयो ।
भ्याक्सिनको बारेमा आएको राम्रो खबरबाट उत्साहित भइरहदा सबैका लागि उपलब्ध हुने नहुनेबारे अनिश्चितता बढेको पनि उहाले बताउनुभयो । सबै धनी र गरिब मुलुकलाई भ्याक्सिनको पहुच कायम गर्नका लागि ल्याइएको कोभ्याक्स कार्यक्रमको ओलीले प्रशंसा गर्नुभयो। विश्वब्यापीरुपमा खोप वितरण सुनिश्चत नभएसम्म विश्व महामारीबाट सुरक्षित नहुने उहाले बताउनुभयो ।
कोरोना महामारीबारेको विशेष सेसनमा ३७ देशका प्रमुख र ३९ जना सरकारका प्रमुखसहित विश्वका १५५ नेताहरुले सम्बोधन गरिरहेका छन् ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- “१५ वर्ष एमालेको नेतृत्व गरेको मलाई प्रचण्डको मामुली कार्यकर्ता नठान्नु”- नेपाल
- संक्रमितलाई समयमै अस्पताल पुर्याउन नसकिएकोमा प्रधानमन्त्री सुगाद्वारा क्षमायाचना
- पोखरामा सम्पन्न ‘बञ्जी कपल च्यालेन्ज’ चार जोडीले जिते
- विपीको ‘आत्मवृत्तान्त’ जापानी भाषामा प्रकाशन हुँदै
- भोलिदेखि कोरोना खोप अभियान : देशभरि ६२ अस्पतालमा एक सय २० केन्द्र
- ट्रम्पद्वारा फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना
- लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध लडिरहने प्रचण्डको अठोट
- भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना
- प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने
- एनआरएनएको विधान र आर्थिक प्रतिवेदन पारित
- ‘केटू’ आरोहण गर्ने कीर्तिमानी आरोहीलाई काठमाडौँमा भव्य स्वागत
- कर्णालीमा आइपुग्यो कोरोना खोप ‘कोभिशिल्ड’
- प्रतिनिधिसभा विघटन मुद्दा इजलास हेर्दाहेर्दैमा आज पनि
- लिच्छविकालीन कमलपोखरी बचाउन सडक आन्दोलन
- निर्वाचन आयोगको निर्णयले पार्टी एकतामा बल पुग्ने गौतमको दावी
- बेलायतमा महामारीकाबीच विद्यालय खोल्न प्रधानमन्त्रीलाई दवाव, मृत्यु हुनेको संख्या ९७ हजार भन्दा बढी
- शैक्षिकसत्र जेठसम्म लम्ब्याउने शिक्षा मन्त्रालयको तयारी
- घोषणा गरेकै समयमा चुनाव हुनेछ : प्रधानमन्त्री ओली
- “आरोपपत्र फिर्ता लिएर निर्वाचनमा आए पार्टी एकता जोगाउन सकिने”
- कमला ह्यारिस : उच्च ओहदामा पुग्ने पहिलो अमेरिकी महिला
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


