मानिसबाट जनावरमा कोरोना संक्रमण- चौथो चरणको जोखिमको संकेत ?

9 April, 2020 20:06 | बिचार | comments | 51150 Views

यादब देवकोटा

अमेरिकाको एउटा चिडिया घरमा बाघलाई कोरोना संक्रमण भएको पुष्टि भयो । त्यसपछि बेलायतमा घरपालुवा कुकुर तथा बिरालोमा पनि संक्रमण भेटियो । सो बाघलाई त्यहीका कर्मचारीबाट संक्रमण भएको अनुसन्धानबाट खुलेपछि कोरोना संक्रमणको नयाँ जोखिम र चरण सुरु हुन लागेको त हैन भन्ने प्रश्न उठेको छ ।

  

चीनको वुहान शहरमा चमेरोबाट मानिसमा संक्रमण भएको र मानिसबाट मानिस हुँदै खरायोको गतिमा यो विश्वव्यापी भैरहँदा अमेरिकामा पुग्दा मानिसबाट जनावरमा भाइरस सर्नु पक्कै पनि चिन्ताको विषय हो । सुरुमा यो भाइरस मानिसबाट मानिसमा मात्र सर्ने र हावाबाट नसर्ने भनिए पछि बाघ र मानिसको सम्पर्क दूरीको हिसावबाट बाघ संक्रमित नहुनुपर्ने हो तर भयो ? त्यस्तै घरपालुवा जनावरमा पनि यो देखियो । विज्ञहरुले कुुकुर तथा बिरालोलाई पनि क्वारेन्टाइनमै राख्न अनुरोध गर्नुपर्ने स्थिति आयो । कोरोना संक्रमण र्‍ यापिडली फैलने कोरोना जनावरमा हुनु अहिलेको अर्को चिन्ताको विषय बन्न थालेको छ ।

कोरोना संक्रमणतीन चरणमा हुने र तेस्रो चरणलाई अहिलेसम्म सबभन्दा डरलाग्दो मानिए पनि अमेरिकाको चिडियाघरको सन्दर्भले भने कोरोना चौथो चरणमा त पुग्न लागेको हैन भन्ने अनुसन्धानको अर्को पाटो बनेको छ । अहिलेसम्म न भ्याक्सिन, न औषधि, केवल मानिस मानिसबीचको सम्पर्क टुटाउनु नै यसको रोकथामको एउटै मात्र उपाय बनिरहेका बेला कतै जनावरहरु संक्रमित भएर मानिसलाई अरु जोखिममा पार्ने त हैन ? यो अहिले नयाँ बहसको विषय बन्ने कि नबन्नेन ?

अब कुरा गरौं नेपालको– नेपालमा कोरोना संक्रमितको संख्या एक दर्जन पनि नपुगेको अवस्थालाई सुखद सन्दर्भ नै मान्नुपर्छ तर यहाँ पनि दोस्रो चरणको संक्रमण सुरु भैसकेको छ । यसले तेस्रो चरणमा प्रवेश गर्यो कि गरेन त्यो पत्ता लागेको छैन तापनि तेस्रो मात्रै हैन चौथो चरणमै प्रवेश नगर्ला भन्ने आधार भने छैन । अर्थात् कतै मानिसबाट जनावर वा पशु चौपायामा संक्रमण हुने र तिनीहरुबाट मानिसमा अरु संक्रमण बढाउने त हैन ? होसियारी आवश्यक छ ।

चिडियाखानाको बाघ, घरमा पालिएका कुकुर–बिरालोमा कोरोना संक्रमण भएको प्रमाणित भएपछि काठमाडौं उपत्यका लगायत शहरी क्षेत्रमा कतै पशु (जनावर)बाटै संक्रमण फैलने त हैन, यो कतै हावाबाटै पनि संक्रणण बढाउने त हैन भन्ने आशंका तीब्र छ । किनभने कोरोना भाइरस भूगोल बदलेसंगै स्वरुप बदलिइरहेको छ ।

काठमाडौं लगायत शहरी क्षेत्रमा सडक कुकुर तथा अन्य चौपायाहरु जथाभावी छाडिएका छन् । तिनीहरु अहिले लकडाउनले गर्दा खान नपाएर जोखिममा परेका छन् भने कोरोना संक्रमणकै आधार पनि तिनीहरु नै बन्ने त हैनन् भन्ने चिन्ता पनि सर्वसाधारणमा जागृत छ– अमेरिकामा मानिसबाट बाघमा संक्रमण भएको घटनाले ।

कुकुर, गाईबस्तुलाई खाना दिने र उनीहरुलाई उपयुक्त स्थानमा सुरक्षित राख्नु अहिलेको परम कर्तव्य हुन आएको छ । त्यसै गरी ग्रामीण क्षेत्रमा रहेका पशु चौपायाहरुको सुरक्षामा विशेष ध्यान दिन आम जनतालाई सुसूचित गर्नु अर्को कर्तव्य हुन आउँछ । लक डाउन गरेकै भरमा सबै समस्या समाधान हुन्छ भन्ने सोच राख्ने हो भने यी सानातिना र कसैले पनि ध्यान नदिइएका पक्ष नै महामारीको आधार हुनसक्छन् भन्नेतर्फ सचेत हुनुपर्छ ।

अब तत्काल गर्नुपर्ने काम भनेको शहरका सडक कुकुरहरुको व्यवस्थापन हो भने त्यसपछि घरपालुवा जनावरहरुलाई सुरक्षित कसरी राख्ने, पशुविज्ञहरुले बेलैमा किसानहरुलाई सचेत पार्नुपर्यो । बाँच्न पाउने अधिकार मानिसको मात्र हैन पशुको पनि हुन्छ र उनीहरु बाँच्नकै लागि सात गाउँ चाहार्छन् (विशेष गरी कुकुर) भने त्यो मानव समाजकै लागि जोखिमपूर्ण हुनसक्छ । यसतर्फ सम्बन्धित निकायले बेलैमा ध्यान दिनु जरुरी छ ।

अहिले तत्काललाई उपत्यका लगायत शहरी क्षेत्रमा रहेका कुकुरहरुको उचित व्यवस्थापन गर्न ढिलाई गर्नु भनेको जोखिम बढाउनु हो । त्यस्तै घरपालुवा जनावरहरु जोखिममुक्त गर्ने बिधिबारे प्रचार प्रसार र चेतना बढाउन पनि ढिलाई गर्नु हुँदैन । यो अहिलेको अर्को महत्वपूर्ण आवश्यक भएको छ ।

किनभने, चराबाट मानिसमा र मानिसबाट मानिस हुँदै जनावरमा सरिसकपछि अब जनावरबाट जनावर हुँदै यो हावामा नफैलेला भन्न सकिंदैन । तसर्थ कोरोना संक्रमण फैलन नदिन र मानव सभ्यता बचाउन अहिलेसम्मको उपायभन्दा फरक ढंगले सोच्नु आवश्यक छ ।

अब,

विश्वले जे गर्छ त्यो नै कोरोना संक्रमण रोक्ने प्रभावकारी उपाय हो भन्ने शतप्रतिशत सही हो भन्न सकिन्न । जसरी संक्रमणको दायरा बढ्दै छ यसलाई हामीले अहिले नै निश्चित योजना र प्रभावकारी उपाय अवलम्बन गर्नु आवश्यक छ । हतारमा अरुले जे गर्यो त्यही मात्र अपनाउँदा हामी असफल पनि हुन सक्छौं । तसर्थ जनावरमा कोरोना संक्रमण देखिइसकेपछि नेपालका पशुस्वास्थ्य विज्ञ, जनस्वास्थ्य विज्ञ अनि वन्यजन्तु तथा पशुविज्ञ र वातावरणविदहरुबीच व्यापक बहस चलाउनु आवश्यक छ ।

मुलुकलाई कोरोनामुक्त बनाउन र जन–धनको क्षति हुन नदिन अहिलेदेखि नै नयाँ र प्रभावकारी योजना तथा सोचका साथ अघि बढ्नुको विकल्प छैन, किनभने एकोहारो क्वारेन्टाइन र लकडाउन मात्रै समस्या समाधानको एउटै उपाय नहुनसक्छ, किनभने यो अब जनावरमा पनि फैलिइसकेको छ । अब यस्ता संक्रामक रोगहरुको उपचारका लागि हाम्रो आयुर्वेदले व्याख्या गरेका औषधिहरुको पनि अनुसन्धान सुरु गर्नुपर्छ, यसका लागि गाउँ–शहरमा भएका दिग्गज वैद्यहरुको परामर्श पनि उत्तिकै आवश्यक छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More