मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली लागू- व्यवसायी भने असन्तुष्ट

17 July, 2019 21:22 | अर्थ | comments | 8850 Views

सरकारले नयाँ आर्थिक वर्ष सुरुको दिनदेखि मालवस्तु तथा ढुवानी साधनको अनलाइन अनुगमन प्रणाली (भिसिटिएस) लागू गरेको छ । यो निर्णयलाई लिएर व्यवासायीहरु भनु असन्तुष्ट छन ।

adsads

राजश्व अनुसन्धान विभागद्वारा बुधबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले एक कार्यक्रममा भिसिटिएसको शुभारम्भ गर्नुभयो । भिसिटिएस वेबमा आधारित केन्द्रीय सूचना प्रणालीमा व्यावसायिक प्रयोजनका मालवस्तु तथा ढुवानी साधनको संक्षिप्त विवरण प्रविष्ट गरेर मात्र मालसामान ओसार–प्रसार गर्नुपर्ने व्यवस्था हो ।

व्यावसायिक प्रयोजनका मालवस्तु आयात, निर्यातकर्ता, उद्योग, भन्सार एजेण्ट, ढुवानी कम्पनी र वितरक तथा थोक बिक्रेताले थोक स्तरमा बिक्री गर्दा यस प्रणालीमा प्रवेश गरेर ढुवानी गर्नुपर्छ ।

राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को व्यवस्थाअनुसार गत असार २३ गते राजपत्रमा प्रकाशित गरी साउन १ गतेदेखि यो प्रणाली लागू गरिएको हो । यो प्रणाली प्रविष्ट गर्दा प्रयोगकर्ताले आफँैले युजर आइडी र पासवर्ड बनाउन सक्छन् ।

विभागको वेबसाइटमा लगइन गरी प्राप्त निर्देशानुसार मालवस्तु र ढुवानी साधनको संक्षिप्त विवरण प्रविष्ट गरिन्छ । मालसामान गन्तव्यमा पुगेपछि चालक र प्रयोगकर्ताले पुगेको जनाउ दिन सक्छन् ।

भिसिटिएसको शुभारम्भ गर्दै अर्थमन्त्री डा खतिवडाले भिसिटिएस व्यवसायलाई औपचारिक, वैध र पारदर्शी बनाउने कडी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “भिसिटिएस विधिमा आउने व्यावहारिक कठिनाइ हामी पनि बुझ्छौँ, अपारदर्शी अनौपचारिक व्यवसायबाट हामी पारदर्शी व्यवसायतर्फ रुपान्तरित हुने क्रममा छौँ । यो क्रममा हामी प्रविधिको प्रयोगले व्यवसायीसँग ‘फेसलेस’ विधिबाट ‘इन्टरफेस’ गर्न खोजिरहेका छौँ ।”

उहाँले अनुहार हेरेर काम गर्दा मोलाहिजा हुने डर र अनुहारका प्रतिक्रियाले कहिलेकाहीँ अस्वाभाविक अपेक्षा पनि गर्ने अवस्था तथा प्रतिक्रिया पनि उत्पन्न हुने भएको उल्लेख गर्नुभयो । अर्थमन्त्रीले भिसिटिएसले व्यवसाय तटस्थ हुने र स्वविवेकीय अधिकारलाई स्वतः कम गर्नाका साथै औपचारिक अर्थतन्त्रको निर्माण गर्नेतर्फ थप सहयोग पु¥याउने विश्वास व्यक्त गनुभयो ।

उहाँले भन्नुभयो, “भिसिटिएस लागू गर्ने क्रममा क्षमता विकास गर्दै जाने हो, सिक्दै जाने हो, प्रविधिबाट भाग्न पाइँदैन ।” मुलुकको आधा अर्थतन्त्र अनौपचारिक भएको अवस्थामा वैध र अवैध कारोवार गर्नेलाई एकै डालोमा हालेर हेर्न थालियो भने मुलुकमा सुशासन कायम गर्न नसकिने उहाँको धारणा थियो ।

कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव विष्णुप्रसाद लम्सालले भिसिटिएसको प्रक्रियाका बारेमा बताउँदै यो लागू गर्न सहज भएको र यसले आर्थिक सुशासन कायम गर्न मद्दत गर्नाका साथै व्यवसायीको पनि समय र लागत बचत हुने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले भिसिटिएस लागू भएपछि सरकारी निकायबाट हुने अनावश्यक झञ्झटहरुको आगामी दिनमा अन्त्य हुने अपेक्षा गर्दै यस प्रणालीका बारेमा स्थानीयस्तरसम्म स्पष्ट जानकारीका लागि सचेतना कार्यक्रम गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष शतिश मोर र चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले भिसिटिएस लागू भएपछि राजमार्गमा रहेका ढाट हट्नु खुशीको कुरा भए पनि स्थानीयस्तरमा भरिया, ठेलागाडा, ट्र्याक्टरबाट हुने ढुवानीमा कठिनाइ उत्पन्न हुनेतर्फ ध्यानाकर्षण गराउनुभएको थियो । साथै उहाँहरुले भिसिटिएस लागू गर्दा केही समय परीक्षणको अवधि तोक्दा सहज हुने सुझाव दिनुभयो ।

विभागका महानिर्देशक दीर्घराज मैनालीले भिसिटिएसको प्रक्रियाका बारेमा अवगत गराउँदै यो सरकार र व्यवसायी दुवैका हितमा रहेको दाबी गर्नुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!