मालेले संयुक्त विरोध प्रदर्शन गर्ने

28 April, 2019 00:03 | राजनीति | comments | 14850 Views

नेकपा मालेका महासचिव सिपी मैनालीले वामपन्थी शक्ति र प्रजातान्त्रिक शक्ति मिलेर राष्ट्रियता, सिमाना, नागरिकतालगायतका विषयमा सरकारको ध्यानाकर्षण गर्नका लागि केही दिनमा नै संयुक्त विरोध प्रदर्शन गर्ने बताउनुभएको छ ।

नेकपा मालेको काभ्रेपलाञ्चोक जिल्ला भेला कार्यक्रममा उहाँले वर्तमान नेकपा नेतृत्वको सरकारले राष्ट्रवादका नाममा लम्पसारबाद लागू गरेको आरोप लगाउँदै त्यसका विरुद्धमा विरोधका कार्यक्रम गर्न लागिएको जानकारी गराउनुभयो ।

adsads

उहाँले सङ्घीयता पहिचानका आधारमा हुनुपर्ने भएकाले प्रदेशको नामकरण गर्दा जातीय पहिचान र उनीहरुको सांस्कृतिक सभ्यताकोसमेत सम्मान गर्नेगरी हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा सो पार्टीको पोलिटब्यूरो सदस्य एवं प्रदेश नं ३ का इञ्चार्ज कृष्ण रानाले हेपाइ खाएकाको उद्धारका निम्ति पार्टी निरन्तर आन्दोलनमा रहेको बताउनुभयो । सो भेलाले राजन घिसिङको संयोजकत्वमा २५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

राशिफल

फेसबुक

राशिफल

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!