फुटसलफुटसल

  • फुटसल
  • फुटसल
  • फुटसल
  • फुटसल
  • फुटसल
  • फुटसल

मिडिया कप फुटसल भदौ १० र ११ गते हुने

13 August, 2019 11:30 |खेल | comments | 14850 Views

    फुटसल

    पोखरामा राष्ट्रिय मिडिया कप फुटसल प्रतियोगिता हुने भएको छ । विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीबीच आपसी सम्बन्ध बढाउने उद्देश्यका साथ उक्त प्रतियोगिता आगामी भदौ १० र ११ गते हुने भएको छ ।

    adsads

    स्थानीय गणेशटोलस्थित स्पोर्टस् क्यासलमा सञ्चालन हुने सो प्रतियोगिताको विजेतालाई रु ३५ हजार, उपविजेतालाई रु २० हजार, उत्कृष्ट खेलाडीलाई रु पाँच हजार, उत्कृष्ट गोलरक्षकलाई रु तीन हजार, अनुशासित टिमलाई रु पाँच हजार तथा सर्वाधिक गोलकर्तालाई रु तीन हजार पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक अरुण गिरीले जानकारी दिनुभयो ।

    प्रतियोगिताबाट फुटसलको व्यावसायिक प्रवद्र्धनसँगै अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनमा सहयोग पुग्ने आयोजक संस्थाले जनाएको छ । प्रतियोगितामा विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मी सहभागी हुन पाउने छन् । सो अवसरमा चलचित्रका अभिनेत्री र पोखराका पत्रकार महिलाबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुनेछ । पोखरामा ३५ भन्दाबढी फुटसल स्टेशन सञ्चालनमा छन् ।

    प्रथम जेआरएफ प्रभु गोल्डकप फुटसल प्रतियोगिताको तयारी पुरा

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    फुटसल

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More