मिसेस नेपाल ग्रान्डको सिजन २ हुँदै मिसेस नेपाल ग्रान्डको सिजन २ हुँदै

  • मिसेस नेपाल ग्रान्डको सिजन २ हुँदै
  • मिसेस नेपाल ग्रान्डको सिजन २ हुँदै
  • मिसेस नेपाल ग्रान्डको सिजन २ हुँदै
  • मिसेस नेपाल ग्रान्डको सिजन २ हुँदै
  • मिसेस नेपाल ग्रान्डको सिजन २ हुँदै
  • मिसेस नेपाल ग्रान्डको सिजन २ हुँदै

मिसेस नेपाल ग्रान्डको सिजन २ हुँदै

16 May, 2019 16:20 | कला/मनोरन्जन | comments | 12150 Views

मिसेस नेपाल ग्रान्डको सिजन २ हुँदै

विवाह पछि महिलाहरु घर तथा कार्यालयको काम काजमा सिमित हुनुपर्ने अवस्था छ । तर, यो अवस्थाबाट माथि उठाएर सेलिब्रेटी समेत बनाउन यल मिडियाले गत वर्षबाट मिसेस नेपाल ग्रान्ड आयोजना गर्दै आएको छ ।

adsads

यसरी विवाहित महिलाहरुको व्यक्तित्व विकास, प्रतिभा प्रस्तुति र विभिन्न अवसरका लागि ‘मिसेस नेपाल ग्रान्ड–२०१९, सिजन–२’ आयोजना हुने भएको छ । यो प्रतियोगिताको लागि अडिसनको फारम खुला गरिएको आयोजक संस्था यल मिडियाकी अध्यक्ष रमी श्रेष्ठले जानकारी गराएकीछिन् । यो प्रतियोगिताले हरेक महिलालाई सेलिब्रेटी बनाउन सक्ने पनि श्रेष्ठले बताएकी छिन् ।

यो प्रतियोगितामा ५० वर्ष ननाघेका जुनसुकै उमेरका विवाहित महिलाले भाग लिन पाउने पनि आयोजक श्रेष्ठले जानकारी गराईन् । जेठको पहिलो साता र दोश्रो साता अडिसन लिएर प्रशिक्षण सुरु गरी असारमा भव्य समारोहबीच मिस नेपाल ग्रान्ड–२०१९ चयन गरिने भएको छ ।

अडिसनपछि चयन भएका महिलाहरुलाई व्यक्तित्व विकास, महिला सशक्तिकरण सम्बन्धि प्रशिक्षण, पब्लिक स्पिकिङ, जुम्बा, स्विमिङ, क्याटवाक, नृत्य, सेल्फ मेकअप, मिडिया म्यानेजमेन्ट, बिजनेश म्यानेजमेन्टसहित विभिन्न प्रशिक्षण दिइने भएको छ । चर्चित कोरियोग्राफर सहित नायक नायिका, मोडल, ब्युटिसियन, पत्रकार, सफल महिलाहरु तथा विभिन्न क्षेत्रका सफल व्यक्तिहरुबाट आ-आफ्नो क्षेत्रको बारेमा विविध कक्षाको पनि आयोजना गरिने भएको छ । एक महिनाको विशेष प्रशिक्षणपछि प्रतियोगीहरुलाई अन्तिम प्रतिस्पर्धामा उतारिने भएको छ ।

‘मिसेस नेपाल ग्रान्ड–२०१९, सिजन–२’का विजेताले नगद रुपैयाँ, तीन महिनाको ब्युटिसियन सम्बन्धि विशेष कोर्ष, फिटनेश सम्बन्धि एक महिनाको विशेष कोर्ष सहित विभिन्न अबसर र उपहार प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगितामा अन्य शीर्ष उपाधि र गिफ्ट ह्याम्पर पनि राखिएको छ । यल मिडियाको आगामी फेशन शोहरुमा एक वर्षसम्म मोडलिङ गर्ने अवसर पनि विजेता तथा रनर अपहरुले प्राप्त गर्ने आयोजक रमी श्रेष्ठले जानकारी गराएकी छिन् ।

मिसेस नेपाल आईडल उपाधी श्रीजनालाई

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
मिसेस नेपाल ग्रान्डको सिजन २ हुँदै

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

खानेपानीमन्त्री बीना मगर

फेसबुक

खानेपानीमन्त्री बीना मगर

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!