मिस नेपाल नर्थ अमेरिकाको लागि श्रृंखला खतिवडा न्यूयोर्क जाँदै
विजय थापा,डिसी – मिस नेपाल वर्ल्ड २०१८ श्रृंखला खतिवडा न्यूयोर्क जाने भएकी छिन् । आगामी अगस्त १७ का दिन अमेरिकाको न्यू योर्क शहरमा आयोजना हुने मिस नेपाल नर्थ अमेरिका २०१९ को लागि जाने भएकी हुन् ।
खतिवडा पार्टीसिपेन्ट मेन्टर अर्थात् सहभागी परामर्शदाताको रुपमा आउने आयोजकले बताएका छन् । मिस वर्ल्डमा उत्कृष्ट १२ मा पुग्न सफल ‘मिस नेपाल वर्ल्ड २०१८ ’ की श्रृंखला खतिवडा मिस वर्ल्डमा ‘ब्युटी विथ प्रपोज’ र मिस मल्टिमिडियाको उपाधि हात पार्न सफल भएकी थिइन् ।
नेपालको प्रतिनिधित्व गर्दै चीनमा सम्पन्न प्रतियोगीमा सहभागी भएकी मिस नेपाल २०१८ खतिवडाको चर्चा उपचर्चा सामाजिक सञ्जालमा ब्यापक भएको थियो । मिस नेपाल नर्थ अमेरिका २०१९ का आयोजक द्वारा जारी गरिएको छापा बिज्ञप्तिमा खतिवडाले पार्टीसिपेन्ट मेन्टर अर्थात् सहभागी परामर्शदाता को रुपमा सहभागी जनाउने भएकोमा हर्ष व्यक्त गरेका छन् ।


साथै उनले अन्तिम समापन समारोह सम्म सहभागीहरुलाई तयार गर्न सहयोग गर्ने छिन् । खतिवडा विश्व शान्तिको लागि शिक्षकहरूको अन्तर्राष्ट्रिय संस्था (आईएईडब्लुपी )कि राष्ट्रिय कुलपति तथा वान होम फाउनडेसन (एक घर प्रतिष्ठान )कि अध्यक्ष पनि हुन्
उनी अनन्त सुन्दरताको साथै आर्किटेक्ट (वास्तुविद) कि सर्वश्रेष्ठ पनि हुन् । उनी सुन्दरीको साथै तिक्षण मस्तिष्ककी सिद्ध उदाहरण हुन् । उनले मिस वर्ल्डमा भाग लिईरहँदा नेपालीहरुले गरेको मायाप्रति पटक पटक आभार व्यक्त गर्नुको साथै मिस वर्ल्डमा भाग लिएर नेपाललाई चिनाउन पाएकोमा आफूलाई गर्व लागेको सार्वजनिक रुपमा भनेकी थिइन् ।
गत वर्ष सफलतापूर्वक सम्पन्न भएकै स्थान मेलरोज बलरुममा कार्यक्रम हुने भएको छ । आवेदन भर्ने अन्तिम मिति जुन १५ राखिएको छ भने जुलाई १ तारिकका दिन अन्तिम नामावली प्रकाशित गरिने छ । अन्तिम ग्रान्ड फिनाले (अन्तिम समापन ) अगस्त १७ का दिन हुने छ ।
कार्यक्रम उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले कार्यक्रम गर्ने छ । ९ बर्ष सम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरु मिस नेपाल नर्थ अमेरिकाको टोलिमा संस्थापकहरुको संलग्नता रहेको छ ।
मिस नेपाल नर्थ अमेरिका टोलीले प्रतियोगी १८ देखि २७ बर्ष सम्म हुनु पर्ने, अविवाहित, ५ फुट २ इन्च हुनु पर्ने, शैक्षिक योग्यता उच्च माध्यमिक उत्तीर्ण (हाई स्कुल ग्राजुएट ), प्रतियोगी उत्तर अमेरिका निवासी हुनु पर्ने, नेपाली मूलको हुनु पर्ने, निवेदकको सही नैतिक चरित्र तथा नेतृत्वको शीप हुनु पर्ने तथा जीवनवृति हाक्न सक्ने तथा सफल हुन प्रभावशाली इच्छा भएको हुनु पर्ने जनाएको छ ।
आयोजक समूहमा अन्तर्गत शैलेन्द्र श्रेष्ठ तथा निराकार उप्रेती सह संस्थापक सभापति रहेका छन् ।
‘मिस नेपाल नर्थ अमेरिका २०१९’ न्यू योर्कमा हुने : आवेदन पत्र खुला
तपाईंको प्रतिकृया
ताजा समाचार
- काठमाडौं महानगरपालिका किन खोज्दैछ कमलपोखरीको पौराणिकता मेटाउन ?
- राष्ट्रपति ट्रम्पका चार वर्ष- निर्वाचन प्रणाली र संसदमा आक्रमणले सर्वाधिक आलोचित
- नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो
- भारतले नेपाललाई दियो १० लाख खोप, बिहिबारबाट आउन थाल्ने (भिडियोसहित)
- बालिकाको वृद्धसंग हुन लागेको विवाह प्रहरी सक्रियताले रोकियो
- नेपाली सेना पेन्सनमा नयाँ प्रस्ताव- १६ वर्षमा पेन्सन, २० वर्षमा रकम
- संसद् विघटन राजतन्त्र पुनःस्थापना गर्ने प्रयत्न : प्रचण्ड
- १३ वर्षदेखि जंगलमा सामूहिक रुपमा बस्दै बाढी पीडित
- नेपालमा कोरोनाको खोप पठाउन भारतले थाल्यो प्रक्रिया
- काठमाडौंको धरातलले गगनचुम्बी भवन थेप्न सक्छ ? (भिडियोसहित)
- संसद विघटन- प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार नभएको जिकिर
- कोभिडले थलापरेको अर्थतन्त्र उकास्न रु साढे छ खर्ब लाग्ने
- जापानमा सवारी दूर्घटनामा परी एक नेपाली युवतीको मृत्यु
- पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न अध्यक्ष ओलीको निर्देशन
- प्रधानमन्त्री सुगा कोरोना भाइरसबिरुद्धको लडाईमा अगुवाई गर्ने, घरभित्रै बस्न आव्हान
- आगलागी- जनधनको क्षति र पर्यावरणीय हिसाबले ठूलो विपत्
- सम्झौता अनुसार उखु किसानले भुक्तानी पाएनन्, तीन उद्योगले मात्र दिए ४७ करोड
- किसानलाई खुसीको खबर- अब पाउने भए परिचयपत्र
- हेल्प नेपालबाट वीर अस्पताललाई ‘हेल्थ डेक्स क्लिनिक’ हस्तान्तरण
- इन्दुशङ्कर उद्योगबाट उखु किसानको २० करोड भुक्तानी
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


