'मिस नेपाल नर्थ अमेरिका २०१९' न्यू योर्कमा हुने 'मिस नेपाल नर्थ अमेरिका २०१९' न्यू योर्कमा हुने

  • 'मिस नेपाल नर्थ अमेरिका २०१९' न्यू योर्कमा हुने
  • 'मिस नेपाल नर्थ अमेरिका २०१९' न्यू योर्कमा हुने
  • 'मिस नेपाल नर्थ अमेरिका २०१९' न्यू योर्कमा हुने
  • 'मिस नेपाल नर्थ अमेरिका २०१९' न्यू योर्कमा हुने
  • 'मिस नेपाल नर्थ अमेरिका २०१९' न्यू योर्कमा हुने

‘मिस नेपाल नर्थ अमेरिका २०१९’ न्यू योर्कमा हुने : आवेदन पत्र खुला

4 May, 2019 15:15 | प्रबास | comments | 30150 Views

दोश्रो मिस नेपाल नर्थ अमेरिका

'मिस नेपाल नर्थ अमेरिका २०१९' न्यू योर्कमा हुनेविजय थापा, डिसी – विश्व कै सम्राट राज्य न्यू योर्कमा ‘मिस नेपाल नर्थ अमेरिका २०१९’ हुने भएको छ । उक्त प्रतियोगितामा सहभागी हुन् चाहनेहरुका लागि आवेदन पत्र खुलेको समेत जानकारी गराइएको छ ।

आगामी अगष्ट महिनाको १७ तारिखका दिन गत वर्ष सफलतापूर्वक सम्पन्न भएकै स्थान मेलरोज बलरुममा कार्यक्रम हुन लागेको हो । आयोजकले दोश्रो मिस नेपाल नर्थ अमेरिका २०१९ को मिति, दिन तथा स्थान तय भएको जानकारी दिएका हुन् ।

आवेदन भर्ने अन्तिम मिति जुन १५ सम्म राखिएको छ भने जुलाई १ तारिखका दिन अन्तिम नामावली प्रकाशित गरिने र ग्रान्ड फिनाले अगष्ट १७ मा हुनेछ । कार्यक्रम उन्नत इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले गर्नेछ ।

  

९ बर्ष सम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरु मिस नेपाल नर्थ अमेरिकाको टोलीमा संस्थापकहरुको संलग्नता रहेको छ ।

मिस नेपाल नर्थ अमेरिका टोलीले प्रतियोगी १८ देखि २७ बर्ष सम्म हुनु पर्ने, अविवाहित, ५ फुट २ इन्च हुनु पर्ने, शैक्षिक योग्यता उच्च माध्यमिक उत्तीर्ण(हाई स्कुल ग्राजुएट ), प्रतियोगी उत्तर अमेरिका निवासी हुनु पर्ने, नेपाली मूलको हुनु पर्ने, निवेदकको सही नैतिक चरित्र तथा नेतृत्वको शीप हुनु पर्ने तथा जीवन वृति हाक्न सक्ने तथा सफल हुन प्रभावशाली इच्छा भएको हुनु पर्ने जनाइएको छ ।

आयोजक समूह अन्तर्गत शैलेन्द्र श्रेष्ठ तथा निराकार उप्रेती सह संस्थापक सभापति रहेका छन् ।

बिस्तृत जानकारीको लागि यहाँ थिच्नु होला :

https://www.missnepalna.com/

मिस नेपाल नर्थ अमेरिका २०१८’को ताज मोनिका घलेलाई

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
'मिस नेपाल नर्थ अमेरिका २०१९' न्यू योर्कमा हुने

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More