मीरा राईसहित तीन धावक हङकङमा, गोर्खा ट्रेलब्लेजरमा सहभागी हुने

14 January, 2018 14:32 | खेल | comments | 97950 Views

गत डिसेम्बरमा हङकङको लान्ताउ दौडमा एसियन च्याम्पियनसिपको उपाधि चुमेर नेपाल फर्केकी मीरा राई गोर्खा ट्रेलब्लेजरमा भाग लिन शनिबार अपरान्ह नेपाल वायुसेवाको उडान मार्फत हङकङ आइपुगेकी छन्।

२० जनवरीमा आयोजना हुने गोर्खा ट्रेलब्लेजरमा सहभागी हुन भोजपुर ट्रेल रेसकी विजेता हुमी बुढा मगर र अर्का धावक तेञ्जी शेर्पा पनि आएका छन्।

adsads
आयोजकले उनीहरुलाई चेपलापकोक विमानस्थलको आगमन कक्षमा स्वागत गरेको थियो।

मीरा सो दौडको मुख्य आकर्षण रहनेछिन्। पूर्व तयारीका लागि आफूहरु लान्ताउमा रहने मीराले बताइन्। केही सातअघि अमेरिकाबाट प्रकाशित हुने आउट्साइड म्यागेजिनको ४० औ वार्षिकोत्सवको अवसरमा असाधारण महिलाहरुबारे प्रकाशित आवरणमा मीराको तस्वीरले समेत स्थान पाएको थियो ।

गोर्खा सिमेट्री ट्रस्ट हङकङ र चाइल्ड वेलफेयर स्किमको संयुक्त आयोजनामा हुन लागेको यो च्यारिटी दौड १२ र २६ किलोमीटर गरी दुई विधामा हुनेछ। आगामी शनिबार बिहान लौ शुइ हेउङ रिजभ्वायरबाट सुरु हुने दौड त्यहीँ पुगेर समाप्त हुनेछ।

गोर्खालीहरुको बलिदानीको सम्मान गर्दै गौरवपूर्ण इतिहासको संरक्षण र सम्वद्र्धन गर्नु आफूहरुको उद्देश्य भएको आयोजकले जनाएको छ ।यो दौडबाट अढाई लाख हङकङ डलर संकलन गर्ने लक्ष्य रहेको आयोजकले बताएको छ। उक्त रकम हङकङमा अनलाइन शिक्षा लिइरहेका नेपाली विद्यार्थी तथा गोर्खाको इतिहास बढवाको लागि खर्च गरिने छ।

आइसीसी महिला विश्वकप : नेपाल र हङकङले अंक बाँडे

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!