मुख्यमन्त्रीको कार्यालय तालाबन्दी गर्न खोज्ने अस्थायी शिक्षक पक्राउ

5 November, 2019 16:33 |प्रदेश २ | comments | 2550 Views

    लामो समयदेखि सेवाबाट नहटाउने लगायतका माग राख्दै आन्दोलनरत पूर्व अस्थायी शिक्षकहरुको आन्दोलन संघीय सरकार हुँदै प्रदेशसम्म पुगेको छ । सरकारले षड्यन्त्रपूर्वक शिक्षक सेवा आयोग दिन लगाएर अयोग्य बनाएको आरोप अस्थायी शिक्षकहरुको छ ।

    adsads

    यसै क्रममा प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तालाबन्दी गर्न पुगेका ४३ शिक्षक पक्राउ परेका छन्। उनीहरुले कार्यालय समयमा कर्मचारीलाई समेत प्रवेशमा रोक लगाउन खोजेका थिए ।

    जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव निरीक्षक रामेश्वर कार्कीले दिएको जानकारी अनुसार अस्थायी शिक्षक संघर्ष समितिका धर्मेन्द्र यादवसहितका ४३ जना शिक्षकलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा १३ महिला अस्थायी शिक्षक रहेका छन् ।

    आन्दोलनकारी पूर्व अस्थायी शिक्षकहरुले सेवाबाट हटाउने निर्णय फिर्ताको माग कार्यान्वयनका लागि संघीय सरकारसँग पहल नगरेको भन्दै उनीहरुले मुख्यमन्त्री कार्यालयमा ताला लगाउने प्रयास गरेका थिए । पक्राउ गरेपछि शिक्षकहरुले प्रहरी प्रशासनविरूद्ध नाराबाजी गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि धर्ना बसेका छन् । उनीहरु असार २० गतेदेखि साउन २० गतेसम्म मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडि धर्ना बसेका थिए ।

    विगतका सम्झौतालाई लत्याएर नयाँ विधेयक लागु गरेको पनि आन्दोलनरत शिक्षकहरू बताउँछन् ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    नोरीयो सुकिताते

    फेसबुक

    नोरीयो सुकिताते

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!