मुख्यमन्त्री शाहीद्वारा कर्मचारीलाई काममा तीव्रता दिन निर्देशन

21 August, 2019 10:45 |कर्णाली प्रदेश , प्रदेश | comments | 11400 Views

    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्मचारीलाई काममा तीव्रता दिन निर्देशन दिनुभएको छ । मुख्यमन्त्री शाहीले नेपाल विद्युत् प्राधिकरण दैलेख–कालीकोट विद्युत् प्रसारण लाइन विस्तार आयोजनाका प्रमुख सुरेन्द्र चौधरीसहितको कर्मचारी टोलीसँगको भेटमा विद्युत् लाइन विस्तार छिटै सम्पन्न गर्न निर्देशन दिनुभयो ।

    adsads

    सो अवसरमा आयोजना प्रमुख चौधरीले विद्युत् प्रसारण लाइन विस्तारको कार्य तीव्रताका साथ अघि बढेको र बीचमा पर्ने केही रुख कटान तथा कालीकोट सदरमुकाम मान्मामा सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिको समस्या रहेको जानकारी दिनुभएको थियो ।

    छलफलका क्रममै मुख्यमन्त्री शाहीले कालीकोटका प्रमुख जिल्ला अधिकारी र खाडाचक्र नगरपालिकाका प्रमुखलाई फोन गरेर सबस्टेशनका लागि जग्गा उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन गर्नुभएको थियो । “रुख कटानसम्बन्धी समस्या हल गर्न म आफैँ पनि पहल गर्छु” उहाँले भन्नुभयो, “तपाईहरू छ महिनाभित्रै कालीकोटमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा उपलब्ध गर्ने गरी काम गर्नुहोस् ।”

    आयोजना प्रमुख चौधरीले सबस्टेशन निर्माणको कार्य जारी रहे पनि ११ केभिए क्षमताको विद्युत् सेवा छ महिनाभित्र कालीकोट सदरमुकाम मान्मामा उपलब्ध गर्ने प्रतिवद्धता जनाउनुभयो ।

    मुख्यमन्त्री शाही उपस्थित कार्यक्रमस्थलनजिक बम पड्क्यो भन्ने कुरा हल्ला मात्र हो : प्रहरी

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!