मुख्यमन्त्री शाहीलाई दुईवटा नयाँ शहरको प्रस्ताव गर्न मन्त्री राईको सुझाव
भौतिक पूर्वाधारका हिसाबले देशको सवभन्दा विकट प्रदेशका रुपमा रहेको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई आग्रह गर्दै शहरी विकासमन्त्री राईले भन्नुभयो, “मुख्यमन्त्रीज्यू, राकम, चौरजहारी र भेरीगंगाको निर्माण कार्य अघि बढिरहेको छ, त्यसलाई छोडेर यहाँका दुईवटा शहरको प्रस्ताव गर्नुहोस् । नयाँ शहर विकासका लागि सङ्घीय सरकार सहयोग गर्न तयार छ ।
मन्त्री राईले विराटनगर धरान, बुटवल, भैरहवा, रामनगर, नेपालगञ्ज जमुनाहा हुँदै वीरेन्द्रनगर सुर्खेतलाई सन् २०५० सम्ममा शहरी करिडरका रूपमा विकास गर्ने योजना बनाइएको जानकारी दिँदै हुम्लाको सिमकोट बजारलाई धार्मिक पर्यटकीय दृष्टिकोणले स्तरोन्नति गरेर संयुक्त रूपमा त्यसको उद्घाटन गर्नेगरी काम अघि बढाउन मुख्यमन्त्री शाहीलाई आग्रह गर्नुभयो ।
उहाँले बढीभन्दा बढी अधिकार दिएर प्रदेशलाई बलियो बनाउनुपर्ने र सङ्घले स्थानीय तथा प्रदेश सरकारका गतिविधिहरू नियमन र अनुगमनगरी आवश्यक निर्देशन तथा सुझाव दिने तबरले अघि बढ्नु उपयुक्त हुनेमा जोड दिनुभयो ।
सो अवसरमा मुख्यमन्त्री शाहीले प्रदेश अस्पताल निर्माणले सामान्य बिरामी पर्दा नेपालगञ्ज र काठमाडौं धाउनुपर्ने कर्णालीवासीको समस्या अबबाट मुक्त हुने विश्वास व्यक्त गर्नुभयो । “हामी कर्णालीको वीरेन्द्रनगरलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने सोच बनाएको छौँ”, उहाँले भन्नुभयो, “वीरेन्द्रनगरको गुरुयोजना बनाएर विश्वको पर्यटकीय नमूना शहर र सुन्दर प्रदेश बनाउन सरकार अहोरात्र खटेर लाग्छ ।”
सामाजिक विकासमन्त्री दल रावले प्रदेश अस्पताल कर्णालीको गौरवको आयोजना भएको बताउनुभयो । ३०० शै्याको अस्पतालका लागि प्रदेश सरकारले ३२५ कर्मचारीको व्यवस्था गरिसकेको उल्लेख गर्दै मन्त्री रावलले भन्नुभयो, “अझ पनि विशेषज्ञ जनशक्तिको आवश्यक छ । तिनको व्यवस्थापन र आवश्यक उपकरण जुटाउन हामी लागि परेका छौँ ।”
प्रदेश अस्पतालको उपकरण खरीदका लागि रु ४० करोडको टेण्डर गरिएको र सो प्रक्रिया अघि बढेकोसमेत उहाँले जानकारी दिनुभयो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा डम्बर खड्काले भौतिक संरचना निर्माण भए पनि आवश्यक जनशक्ति र उपकरणको अभाव रहेको बताउँदै स्थानीय, प्रदेश र सङ्घीय सरकारको समन्वय तथा सहकार्यमा कर्णाली प्रदेश अस्पताललाई सुविधा सम्पन्न बनाउने कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- न्यूज २४ टेलिभिजनका सुनसरी ब्यूरो प्रमुख काफ्लेमाथि कुटपिट
- अघिल्लो वर्षको तुलनामा यस वर्ष आर्थिक वृद्धिदर खुम्चिने
- ५० लाख रुपैयाँ फिरौती नदिएपछि बम विस्फोट गराउने चारजना पक्राउ
- एजेण्डामा सहमति नभएपछि पौडेलपक्षको बहिष्कारकाबीच कांग्रेस बैठक
- सभामुख चयनमा तीनधार : उपसभामुख शिवमायाप्रति राष्ट्रपतिको चासो
- आइतबार सुरज मल्लको अन्त्येष्टि- उपस्थितिका लागि आव्हान
- राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९
- ‘नेपालको समृद्धिको यात्रामा सघाउन भारत सदैव तत्पर’
- ओशाका मेट्रो स्टेशनमा अनुहार पहिचानसहितको टिकट ढोका
- तीनहजार पाँचसय नौ मिटरको उचाईमा प्रेमगीत-३ को छायांकन (तस्वीरहरुसहित)
- साग सकियो- विदेशी खेलाडीको स्मृतिमा अझै छ पोखरा
- अशक्त ध्यानबहादुरको सहारा बनेको छ लोपोन्मुख पानी घट्ट
- कहिलेसम्म नेतृत्व खोजेर बसिरहने नेविसङ्घ ?
- पिपिएल- कसको भीडन्त कोसंग हुँदैछ ?
- आज उधौली, धान्य पूर्णिमा र योमरी पूर्णिमा धुमधामसंग मनाइँदै
- आजको राशिफल– २०७६ मंसिर २६ गते बिहिबार
- गोकर्णेश्वरको पर्यटकीय क्षेत्रको प्रचारप्रसार साहित्यमार्फत
- बैंक ह्याकमा सक्रिय विदेशी गिरोहलाई नेपाली एजेन्टको सहारा
- स्वर्ण पदक जित्ने खेलाडीलाई नौलाख रुपैयाँ दिने प्रधानमन्त्रीको घोषणा
- सागमा सेनाका खेलाडीको योगदान : २३ स्वर्णसहित १०३ पदक
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


