मुम्बई इण्डियन्स मुम्बई इण्डियन्स

  • मुम्बई इण्डियन्स
  • मुम्बई इण्डियन्स
  • मुम्बई इण्डियन्स
  • मुम्बई इण्डियन्स
  • मुम्बई इण्डियन्स
  • मुम्बई इण्डियन्स

मुम्बई इण्डियन्स आइपिएलको फाइनलमा : चेन्नई छ विकेटले पराजित

8 May, 2019 13:30 | खेल | comments | 13500 Views

मुम्बई इण्डियन्स

मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पहिलो क्वालिफायर खेलमा महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्स मुम्बईसंग ६ विकेटले पराजित हुन पुग्यो ।

adsads

चेन्नईको घरेलु मैदान एम ए चिदम्बरम मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १३१ रन बनाएको थियो । उसका लागि अम्बाती रायडुले र कप्तान महेन्द्रसिंह धोनीले क्रमश: ४२ र ३७ रनमा अविजित रहे । त्यस्तै मुरल विजय २६ रन बनाई आउट भए भने शेन वाट्सनले १० रन जोडे । मुम्बईको लागि राहुल चाहरले २ विकेट लिए भने कुणाल पाण्डेय र जयन्त यादवको भागमा समान १-१ विकेट रह्यो ।

१३२ रनको लक्ष्य लिएर मैदान उत्रेको मुम्बईले १८.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पूरा गर्यो । उसका लागि सुर्यकुमार यादवले अविजित रहदै ७१ रन बनाए भने इशान किसनले २८ रन जोडे । त्यस्तै हार्दिक पाण्ड्या १३ रनमा अविजित रहे । चेन्नईको लागि इमरान ताहिरले २ विकेट लिए भने हरभजन सिंह र दीपक चाहरको भागमा समान १-१ विकेट रह्यो । खेलको म्यान अफ द म्याच सूर्यकुमार यादव भए ।

मुम्बई इण्डियन्स

यद्यपि पराजित भए भने चेन्नईले एक मौका पाउनेछ । अब चेन्नईले आज हुने इलिमिनेटर म्याचको विजेतासंग खेल्नेछ । इलिमिनेटर म्याचको लागि आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद भिड्दै छन् । खेल विषकापटनाममा हुनेछ ।

आइपिएल : ‘क्वालिफायर १’ मा मुम्बई र चेन्नई भिड्दै

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
मुम्बई इण्डियन्स

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

शिखर बैठकअघि मुनले ट्रम्पलाई भेट्ने

फेसबुक

शिखर बैठकअघि मुनले ट्रम्पलाई भेट्ने

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!