“मुर्छा परेका सपनाहरु जगाउन पानी छरेकै हो”- प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्री बनेपछि देशको विकास र समृद्धिको सपना देखाएको बताउँदै केही हुँदैन, केही भएन भनेर आशा र सपनाहरु मुर्छा परेका बेला त्यसलाई जगाउन आफूले पानी छरेकै हो भन्नुभएको छ ।
शुक्रबार सैनिक टुडिखेलमा संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो धारणा राख्दै आफ्नो काम मुर्छित सपना जगाउनु नै थियो जगाएँ, अब मुलुकमा विकासका लागि जग बनेको र विकासले तीव्रता पाउने दावी समेत गर्नुभएको छ । उहाँले अघिल्लो बर्षलाई सरकारले आधार बर्षका रुपमा घोषणा गरेको र त्यो आधार तयार भएकाले अब तला थप्दैथप्दै अघि बढ्ने प्रष्ट पार्नुभएको छ ।


आफ्ना सपनाहरुमाथि व्यंग्य गर्ने र आलोचना गर्नेहरुप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो- “भन्नकै लागि त भन्न सकिन्छ खै त रेल, खै त पानी जहाज ? कता छ सतह जलमार्गमा मालवाहक सवारी कुदेको ? हामीलाई सपना किन देखाएको ? हामीमा आशा किन जगाएको ? म बिनम्रताका साथ स्वीकार्छु । मैले मुर्छित सपनामाथि पानी छम्केकै हुँ । मैले भनेको हुँ निदाएको बेलामा देख्ने सपना हैन, ब्युँझिएको बेलाको सपना देखौं । जब भविष्यप्रति आशावादी हुन्छ, सुन्दर भविष्यको सपना देख्छ, तब मात्र देश बाँच्छ । मेरो काम मुर्छित सपनाहरुलाई जगाउनु र तिनीहरुप्रति विश्वास बढाउनु थियो । ती विश्वास साकार पार्न हरेकले प्रयास गरुन् ।”
संविधानका जुन धाराले जतिबेला अप्ठ्यारो पार्छ त्यतिबेलै संशोधन : प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले नेपालीहरुको सम्मृद्धिको सपना साझा सपना भएको भन्दै त्यो पुरा भएरै छाड्ने पनि दावी गर्दै मुलुकले काँचुली फेर्छ । हाम्रा सपना पुरा हुन्छन् । धैर्य गरौं । मुलुक बन्ने ठोस आधार तयार भएका छन् भन्नुभयो । मुलुक समृद्धिको आधार देखाउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो प्रयोग नगरिएका प्रकृतिक स्रोत, दृष्टिकोणसहितको सरकार र जनसंख्याकि आधार समेत भएकाले अव मुलुक बन्न समय लाग्दैन ।
समारोहमा प्रधानमन्त्री ओलीले फुर्सदिलो युवापंक्तिमा थोरै चिन्ता भएको बताउँदै जसको ऊर्जा रचनात्मक काममा भन्दा सामाजिक सञ्जालमा खर्च गरिरहेको बताउँदै युवाहरुलाई देश बनाउने अवसरमा सहभागी बन्न म आग्रह समेत गर्नुभयो । सरकारप्रतिको सामाजिक संजालबाट भैरहेको आलोचनाप्रति टिप्पणी गर्दै उहाँले भन्नुभयो आजको आवश्यक्ता उछृङखलता र अराजकता गर्ने हैन, असन्तुष्टिको खेतीलाई उकेरा लाउने नभई नतिजामुखि बनाउन सबैको सहकार्य आवश्यक रहेको छ ।
असोज ३ गते सबैभन्दा ठूलो चाडको दिन भएको भन्दै उहाँले संविधान संशोधन गरेर अघि बढ्न सकिने पनि बताउनुभयो । उहाँले संविधानप्रति असन्तुष्टि राख्ने र संविधानभन्दा बाहिर रहेकाहरुलाई राजनीतिक मुलधारमा आउन ढिला नगर्न आग्रह गर्नुभयो र भन्नुभयो ‘राजनीतिक आन्दोलनको चरण पुरा भएको छ । अब पनि राजनीतिको नाममा शान्तिसुरक्षा र एकता खल्बल्याउने काम भए सरकारले त्यसलाई रोक्छ । लोकतान्त्रिक प्रणाली सुदृढ भएमात्रै जनता सुखी हुन्छन् ।’
सकियो ग्यास र पेट्रोलियम उत्पादनको सपना अब चुलाचुलामा बिजुलीको तार
तपाईंको प्रतिकृया
ताजा समाचार
- घरबाट भागेर लजमा बसेका देवर–भाउजूको मृत्यु
- कोरोनाका कारण यस हप्ता विदेशमा थप नौ नेपालीको निधन, दुई हजार सङ्क्रमित
- चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी
- पोखरामा राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणले जगाएको उत्साह
- सर्लाहीमा पेस्तोलसहित एकजना पक्राउ
- ‘महेन्द्र संस्कृत विश्वविद्यालय’ र ‘नालन्दा’मा लगाइएको आगोको समानता
- बजार पूँजीकरण ३२ खर्ब, शीर्ष दशमा रहेको कम्पनीको यस्तो छ विवरण
- प्रधानमन्त्री ओलीबाट चिकित्सा शिक्षाको शुल्क घटाउन निर्देशन
- के निर्णय गर्ला अब प्रचण्ड–माधव समूहको स्थायी कमिटीले
- ओलम्पिया वल्ड स्कूलका संचालकले तीन करोड ठगेपछि
- सङ्कटका बेला गैरआवासीय नेपालीको भूमिकाको परराष्ट्रमन्त्रीबाट प्रशंसा
- पूर्वजनमुक्ति सेनालाई विगतका सरकारले जस्तो धोका नदिने प्रधानमन्त्रीको प्रतिबद्धता
- राष्ट्रपति बाइडेनका चुनौती- तीन दिनभित्र ३० वटा कार्यकारी आदेशमा हस्ताक्षर
- भारतबाट आएको कोरोनाको खोप सातवटै प्रदेशमा पठाउन सुरु
- मलेशियाबाट एकजनाको अस्तुसहित १८ नेपाली कामदारको शव ल्याइयो
- स्मरणमा गोर्खा–बङ्गाल युद्ध : नेपाली सेनाले सबैभन्दा ठूलो जीत हातपारेको दिन
- निर्वाचन हुने सम्भावना छैन, संसद् पुनःस्थापना पहिलो प्राथमिकता
- कोरोना भाइरसको नयाँ प्रजाति पहिलेको भन्दा धेरै खतरनाक : प्रधानमन्त्री जोनसन
- एपिएफ अस्पतालमा सडक मानवलाई निःशुल्क सम्पूर्ण सेवा : महानिरीक्षक खनाल
- धर्म र पर्यटनलाई जोड्दै तीर्थहरुमै श्रेष्ठ मानिएको देवघाटधाम
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


