मुलुकको विकासका लागि पुस्तकालयको भूमिका महत्वपूर्ण : डा भट्टराई

27 April, 2019 00:00 |राजनीति | comments | 17100 Views

    पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मुलुकको विकासका लागि सार्वजनिक पुस्तकालयको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजको १६औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उहाँले पुस्तकालयमा उपलब्ध पुस्तक पढेर धेरै मुलुकले विकास गरेको बताउनुभयो ।

    adsads

    “ज्ञानका कारण अमेरिकाले विकास गरेको हो, देश विकासका लागि नेतृत्वले समयअनुसार अध्ययन गर्नु जरुरी छ”, उहाँले भन्नुभयो । पूर्वप्रधानमन्त्री डा भट्टराईले पछिल्लो समय सार्वजनिक सम्पत्ति दुरुपयोग हुँदै गएको भन्दै यसलाई जोगाउनु राज्यको दायित्व रहेको उल्लेख गर्नुभयो । काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयलाई देशकै गर्व गर्न लायक पुस्तकालयका रुपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।

    पुस्तकालयका अध्यक्ष एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्काले पुस्तकालयलाई छायाँमा राखेर मुलुकको विकास हुन नसक्ने बताउनुभयो । मुलुकको राजनीति र आर्थिक विकासका लागि पुस्तकालयको विकास हुुनुपर्ने उहाँको भनाइ थियो ।

    पूर्वमन्त्री गणेश शाहले मुलुकको लोकतन्त्रलाई बलियो बनाउन पुस्तकालयको विकास गर्नु जरुरी रहेको बताउनुभयो । सांसद छक्कबहादुर लामाले पुस्तकालयमा सरकारी अनुदान कमी हुँदै गएको बताउँदै यसका लागि सरकारले विशेष पहल गर्नुपर्ने बताउनुभयो । सोह्र वर्ष अगाडि शुरु भएको उक्त पुस्तकालयमा हाल विभिन्न भाषाका एक लाखभन्दा बढी पुस्तक रहेका छन् ।

    दैनिक २०० भन्दाबढी पाठक पुस्तक अध्ययनका लागि आउने उक्त पुस्तकालयको आफ्नो भवन नहुँदा पुस्तक व्यवस्थापनमा समस्या परेको पुस्तकालय समाजका महासचिव मोहनकुमार इङनामले जानकारी दिनुभयो । सोही अवसरमा पुस्तकालयको विकासमा महत्वपूर्ण भूमिका खेल्नुभएकामा पूर्वप्रशासक सूर्यप्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियो ।

    पुस्तकालय भवन निर्माणका लागि जापानी नागरिकद्वारा चार लाख सहयोग

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    ‘पर्यटन बोर्ड र वायुसेवा निगमको सम्बन्ध सुधार हुनुपर्छ’

    फेसबुक

    ‘पर्यटन बोर्ड र वायुसेवा निगमको सम्बन्ध सुधार हुनुपर्छ’

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!