मुलुकको सुरक्षा अवस्था र निर्वाचन सुरक्षा विषयमा छलफल
प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को नियमित बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुुवाटारमा बसेको बैठकमा मुुलुकको समग्र सुरक्षा अवस्था, निर्वाचन सुरक्षालगायत विषयमा केन्द्रित रही छलफल भएको जनाइएको छ ।
बैठकमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, मुख्यसचिव शङ्करदास वैरागी र प्रधानसेनापति पूूर्णचन्द्र थापा सहभागी भएको मन्त्रालय स्रोतले जनाएको छ ।
नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुुमा गर्न तथा सेनाको परिचालन र नियन्त्रण गर्नका लागि सरकारलाई सिफारिश गर्न प्रधानमन्त्रीका अध्यक्षतामा रक्षा, गृह, परराष्ट्र र अर्थमन्त्री तथा मुुख्य सचिव र प्रधानसेनापति परिषद्को सदस्य रहने संवैधानिक व्यवस्था छ ।

सदस्य सचिवका रुपमा रक्षा मन्त्रालयका सचिवले काम गर्ने परिषद्ले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने तथा सो प्रतिवेदन प्रधानमन्त्रीमार्फत सङ्घीय संसद्मा पेश भई छलफल हुने संवैधानिक व्यवस्था छ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- हटाउन नसक्ने भएपछि अविश्वास प्रस्ताव फिर्ता लिए : बस्नेत
- प्रधानमन्त्री ओलीद्वारा नेपाली सेनाको उच्च प्रशंसा
- भागरथी हत्या प्रकरणः आरोपितको चौथोपटक म्याद थप
- समाचार प्रभावः ‘जुम्लाले उच्च शिक्षा छात्रवृत्ति पायो’
- प्रधानमन्त्रीले राजीनामा नदिएकोमा प्रचण्ड-नेपालको आक्रोश, निर्वाचन आयोगलाई पत्र लेख्ने
- देउवा सरकार चलाउने जिम्मेवारी आए पछि नहट्ने, नेता पौडेल प्रतिपक्षमै बस्न रुचाउने
- मौलिक हकको पूर्ण कार्यान्वयन भए मानवाधिकारको पालना हुने
- यसरी बढ्यो फेवातालको क्षेत्रफल दुई हजार पाँचसय रोपनी क्षेत्रफल
- खोप लगाएपछि सभामुख सापकोटाको सुझाव- निर्धक्क भएर लगाउनुस्
- इराकस्थित अमेरिकी सैनिक अखडामा १० वटा क्षेप्यास्त्र प्रहार
- जहाँका महिला डोको–डालो बनाएरै आम्दानी गर्दै घर चलाउँछन्
- प्रचण्ड, सभामुख सापकोटा लगायत सांसदहरुलाई कोरोना बिरुद्धको खोप
- नारी दिवसको अवसरमा रमाइलो खेल : श्रीमतीले श्रीमान् बोकेर दौडिने
- सरकार र चन्द समूहबीच पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख
- राउटे अगुवाद्वारा मुख्यमन्त्री शाहीसँग खाना र पाल माग
- सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने अध्यक्ष नेपालको प्रतिबद्धता
- फेवातालको विवरण पहिलोपल्ट राजपत्रमा : मापदण्ड कायम गर्न निर्देशन
- क्रसर उद्योगीको मनोमानी, रोकिएन कालीगण्डकी दोहन : सङ्कटमा शालिग्राम
- आफूलाई राष्ट्रपति पदको लोभमा मुछेकामा वरिष्ठ नेता पौडेलको आपत्ति
- सभामुख सापकोटाद्वारा प्रतिनिधिसभा बैठक कक्षको अवलोकन
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


