मृत्‍युको आयु

21 May, 2020 00:09 | साहित्य | comments | 44550 Views

फाइनप्रिन्टले गत बर्ष २०१९ मङ्सीरमा प्रकाशन गरेको यो पुस्तक प्राप्त गर्न पनि थुप्रै समय कुर्नु परेको थियो टोकियोमा बसेर ! शीर्षक स्वयंमा आकर्षक थियो । जनश्वास्थ्य बिज्ञको नाताले सामाजिक सन्जालमा मन पराइएका लेखकको सकारात्मक पक्षले अरु सम्मोहन थप्यो । अन्य पाठकले राखेका पाठक प्रतिकृयाले झनै लोभ्याइ रह्यो । लघुकथालाई सिक्री बुनेर उपन्यास बनाउने प्रयोग गरिएको यस कृतिमा समाबिस्ट एक सय ६६ लघुकथा आफैंमा स्वतन्त्र र स्वादिला पनि छन्।

यसै साता एकजना मित्रको “असामयिक” निधनको खबर आयो । जनवरी महिनाको बिदाइ सँगै कार्यालयका शहकर्मीहरुसँग रात्री भोजनमा गएका उनी, खान पीन नसकिंदै ढलेछन, सधैंका लागि ! उनैको अन्तेस्टीको समय र यो पुस्तक उपलब्ध हुने समय पनि अर्को सम्योग रह्यो । त्यसैले पनि यो पुस्तकको पठन अझै अर्थ पूर्ण रह्यो मेरा लागि ।

ब्रेन वाश गरे जस्तै शब्द-शब्द, दृश्य-दृश्यले अर्थ खोज्दै थिए मनभरी । जोड जोड्ले मगज घुमाइ रह्यो। असामयीक भनेर कसरी भनौं म ? किचेर मरेका, लडेर मरेका अथवा बगेर मरेका पनि त थिएनन । मलाई पनि उनका आत्माले गिज्याए जस्त्तो लाग्यो, कता कता यसै लेखकका काब्य शिल्पिमै जसरी । अनी स्वभाविक मानौं पनि कसोरी उन्को मरणलाई ? मेरै समवयी थिए यी जापानी युबक, मात्र चार दशक आयु भोगेका ! न रोग, न कुपोशण ! अद्यात्मबिज्ञानले स्विकार्ने तर बिज्ञानले पछ्याउन नसकेको “आत्मा” र मृत्युपछि पनि बायुमण्डलमा रहिरहन्छ भन्ने पुनर्जन्मीय कल्पनामा टेकेर स्वैरकल्पनाको प्रयोग गर्दै ब्यवहारको बिबिधतालाई अत्यन्त मिहिन पाराले केलाएका रहेछन् पुस्तक भरी । र त एकै बसाइमा बिट मार्ने गरी तानि रह्यो पाठकको मन !

  

यति बेला लाग्यो यो मृत्‍युको आयुमा जबर्जस्त प्रस्तुत भएका रहेछन, डा. समिर । २, ४ अक्षर पढेको – चेतन्शिल मान्ने मेरो दिमागलाई पनि कसरी माझेका “ब्रेन वाश” गरे जसरी !! रातो बाकशको प्रसङमा होस् अथवा घरी घरी मन उडेर देश बिचरण गर्ने कुरामा होस्, यही पात्रको आत्माले बांधे जस्तै, एकोहोरो बांधिईरहे ध्यान, अधोपान्त । आफैं स्वास्थ सेवक हुनुले पनि मिहिन प्रस्तुतीलाई सजिव उतार्न सहायक भएको बुझिन्छ लेखकलाई ।

जन्मेदेखी साथै छ मृत्‍युको छायाँ। तर यस्को आयु चाहीं कति ? यकिन त न डाक्टरलाई थाहा छ, न त जोतिशलाई, न त पूजारीलाई ! लेखकले भनेजस्तै प्रत्तेक दिन एउटा नौलो उपहार लिएर आउँछ जिन्दगी । फेरी लाग्छ, हैन मरेपछिको १३ दिने किरिया पो हो मृत्‍युको आयु ? अनि फोस्सामा पाउने बरफ, रातो बाकस र हप्तौं लामो हावाइ यात्रा पाउने यो पात्रको जस्तो मृत्‍यु पो हो भाग्यमानी मरण ? आत्मा जस्तै भड्की रह्यो मेरो सोच पनि । त्यो पात्रको आमाले सोचे जस्तै सोच्यो: मृत्‍युको आयु त त्यो भन्दा धेरै लामो छ ~ आश्रितका परिवारलाई पछ्याई रहन्छ सन्तान दर सन्तान सम्म। कतै अभावमा, कतै आवश्यकतामा अनि कतै आशिर्बादमा !!

सामाजिक सन्जालमा पनि लोकोपयोगी स्वास्थ सुझाबका लागि धेरै माझ प्रिय डाक्टर समिरबाट नेपाली साहित्यका पाठकलाई अझै उत्कृष्ट कृतिहरु आइरहोस भन्ने कामना गर्द्छु ।

अस्तु  !

आलोक चालिसे
हाल टोकियो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More