मेडिकल कलेजमा सम्पत्ति शुद्धिकरणको छापा- संचालकको सम्पत्ति पनि छानबिनमा

17 November, 2019 22:03 |जन सरोकार | comments | 7500 Views

    मेडिकल कलेजहरुले अत्यधिक शुल्क लिएर विद्यार्थीहरुलाई ठगिरहेको आरोप लगाउँदै विद्यार्थीहरु आन्दोलनमा उत्रिरहेका बेला सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले मुलुकका तीनवटा मेडिकल कलेजमा छापा मारेको छ । विभागले आइतबार चितवन मेडिकल कलेज, नेशनल मेडिकल कलेज वीरगन्ज र नोबल मेडिकल कलेज विराटनगरमा छापा मारेको हो ।

    adsads

    समाचार अनुसार छापामारेसंगै मेडिकल कलेज सञ्चालकहरूको सम्पत्ति छानबिनको काम सुरू गरिएको छ । विभाग स्रोतका अनुसार ती मेडिकल कलेजका भर्नासम्बन्धी महत्वपूर्ण कागजातहरू जफत गरिएको छ । यी तीनै वटा मेडिकल कलेज सञ्चालकको सम्पत्ति छानबिन गरिरहेको विभागले आइतबार छापा मारेको विभाग स्रोतले बताएको छ ।

    नेसनल मेडिकल कलेजका सञ्चालक बसरुद्दिन अन्सारी हुन् भने नोबेल सञ्चालक सुनील शर्मा हुन् र चितवन मेडिकल कलेजका सञ्चालक हरिशचन्द्र न्यौपाने हुन् । नेसनल र चितवन मेडिकल कलेजले विद्यार्थीबाट गैरकानुनी शुल्क उठाउँदै आएको आरोप छ । नोबेल आफ्नो स्वामित्वमा ल्याउँदै शर्माले गैरकानुनी बाटो अपनाएको र त्यसले कानुनी, आर्थिक दायित्व पूरा नगरेको आरोप छ ।

    चितवन मेडिकल कलेजले भने बढी लिएको शुल्क समायोजन गर्ने सहमति आन्दोलनरत विद्यार्थीहरुसंग गरिसकेको छ ।

    मेडिकल कलेजहरुले ठगी गरेका छन्- ठगेको रकम फिर्ता गराउँछौं

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More