मेडिकल कलेजहरुले ठगी गरेका छन्- ठगेको रकम फिर्ता गराउँछौं

17 November, 2019 19:35 |राजनीति | comments | 5700 Views

    प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजहरुले विद्यार्थीहरुलाई ठगी गरिरहेको बताउँदै ठगी गर्नेलाई कारवाही गर्ने र विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गराउने बताउनुभएको छ ।

    आइतबार राष्ट्रिय युवा संघ नेपालको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा सरकार बन्नुअघि नै मेडिकल कलेजहरुले विद्यार्थीबाट करोडसम्म उठाएको बताउँदै कतिपयले सत्ताको संरक्षणमा फलानाले ठग्यो भनिरहे पनि यो सरकार बन्नअघि करोडसम्म उठाएका र सरकारले त्यो फिर्ता गराउन खोजिरहेको जानकारी दिनुभएको छ ।

    adsads

    मेडिकल कलेजहरु नियम कानुनभित्र बस्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले कति लागतमा विद्यार्थी पढाउन सकिन्छ भन्ने तय गर्न सकिने तर विद्यार्थीमाथिको ठगी सैहृय नहुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो अनुचित ढंगले विद्यार्थीबाट ठगी गरेर लिएको पैसा कलेजहरुले फिर्ता गर्नुपर्छ । पहिलेका सरकारलाई झुक्याएजस्तो यो सरकारलाई चल्दैन । गोप्य ढंगले लिनु त्यो ठगी हो, त्यो फिर्ता हुनैपर्छ ।

    मेडिकल कलेज सञ्चालकहरुले अकुत नाफा कमाएका छन् अब त्यसलाई छुट नदिइने बताउँदै प्रधानमन्त्री ओलीले मेडिकल कलेज सन्चालकले कलेज चलाउन सकिँदैन भनेको स्मरण गदै भन्नुभउो नाफा कति छ ? भर्खर खुलेका मेडिकल कलेजले समेत अकुत नाफा लिएका छन् । विद्यार्थीलाई भैंसी जसरी तान्ने प्रवृति देखिएको छ । हामी स्वच्छता र पारदर्शीताको पक्षमा छौं ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More