नोट नोट

  • नोट
  • नोट
  • नोट
  • नोट
  • नोट
  • नोट

मेरुदण्ड पक्षघात पीडित गिरीलाई प्रवासीद्वारा दुई लाख सहयोग

20 May, 2019 15:28 | प्रबास | comments | 24150 Views

नोट

पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटका मेरुदण्ड पक्षघातबाट पीडित युवालाई प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । बारीमा मकै छर्ने बेला गोरुले हानेर लडेपछि मेरुदण्ड पक्षघातबाट पीडित बनेका ३२ वर्षीय माधव गिरीलाई अमेरिकामा बस्दै आएका प्रवासी नेपालीले रु दुई लाख १० हजार आर्थिक सहयोग गरेका हुन् ।

adsads

पर्वत र छिमेकी जिल्लाबाट अमेरिका पुगेका प्रवासीसँग सङ्कलन गरिएको रकम जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि. पौडेलले पीडित गिरीको घरमा नै पुगेर हस्तान्तरण गर्नुभएको हो । उक्त रकम खुर्कोटबाट वैदेशिक रोजगारका लागि अमेरिका पुगेका कुमार केसीको पहलमा सङ्कलन गरिएको थियो ।

केसीको पहलमा करीब ३० जनाले २५ देखि १२० डलरसम्म सहयोग गरी एक हजार ९०० अमेरिकी डलर सङ्कलन गरी पठाएका थिए ।गिरीले ज्याला मजदूरी गरी पाँच जनाको परिवार पाल्दै आएका थिए । गिरीको उपचारमा मात्रै रु पाँच लाखभन्दा बढी खर्च भएको स्थानीय समाजसेवी शेषराज रेग्मीले बताउनुभयो ।उपचारपश्चात् ज्यान बचे पनि उहाँको घाँटीभन्दा तलको कुनै पनि शरीरको भाग स्वचलित छैन ।

चौबीसैँ घण्टा ओछ्यानमा थलिएका गिरीको एक श्रीमती, दुई छोरी र छोरा छन् । दुर्घटनापछि श्रीमती पार्वती चौबीसैँ घण्टा श्रीमानको सेवामा खटिनुपर्ने अवस्था आएपछि छोराछोरीको पढाइ, उपचारमा लागेको ऋण तिर्ने र बिहान–बेलुकाको छाक जुटाउने चिन्ता भएको श्रीमती पार्वती गिरी बताउनुहुन्छ ।करीब चार वर्ष विदेशमा बिताएका गिरी ०७२ माघमा घर फर्किनुभएको थियो ।

कतार, साउदी र ओमनलगायत थुप्रै देशमा गए पनि अपेक्षित पारिश्रमिक नपाएपछि परिवारसँगै बसेर गाउँमै उद्यम गर्ने अभिलाषाका साथ घर फर्किनुभएका गिरी घर फर्किएको दुई महीनामा नै दुर्घटनामा पर्नुभएको थियो ।

प्रवासीद्वारा विद्यालयलाई पाँच लाख सहयोग

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नोट

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

अर्ना र बाह्रसिङ्गे

फेसबुक

अर्ना र बाह्रसिङ्गे

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!