“मेरो स्वास्थ्यमा राम्ररी सुधार हुँदैछ” : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा राम्रो सुधार भइरहेको बताउनुभएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेण्टरको सघन उपचार कक्षबाट भिडियो कन्फरेन्समार्फत सोमबार उहाँले मुख्य शल्यक्रियापछि पनि आफू उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने तथा समाचारहरु हेर्न सक्ने अवस्थामा रहेको जानकारी दिनुभयो ।
“एपेण्डिसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन, यो अचानक आइलाग्छ, मलाई पनि अप्रत्याशित रुपमा त्यसैगरी आइलाग्यो”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “त्यसमा इन्फेक्सन भएछ, त्यो बाहिर पनि फैलियो, त्यसमा मात्रै इन्फेक्सन सीमित भएको भए निकालेर फाल्न सजिलो हुन्थ्यो, बाहिर पनि इन्फेक्सन भएको हुनाले त्यो इन्फेक्सनलाई पनि हटाउनुप¥यो ।”
प्रधानमन्त्री ओलीले उपचारका लागि हप्ता–दश दिन लाग्ने भएको र स्वास्थ्यमा राम्ररी सुधार भइरहेको जानकारी दिँदै भन्नुभयो, “एउटा मेजर अपरेशनपछि तपाईंहरु देखिरहनुभएको छ, म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु ।”
प्रधानमन्त्री ओलीले आफूले आइतबारको १३ औँ दक्षिण एशियाली खेलकुद९साग० को उद्घाटन समारोह आइप्याडमा हेरेको उल्लेख गर्दै भन्नुभयो, “मैले १३ आँैं ‘साग’ को उद्घाटन समारोह पनि पूरै हेरेँ, हुन सक्छ कि सक्दैन भन्ने दुविधा समाप्त भएकामा खुशी लाग्या छ, म राष्ट्रपतिज्यूलाई उद्घाटन गरिदिनुभएकोमा, अरु सबैलाई सहभागी हुनु भएकोमा धन्यवाद भन्न चाहन्छु ।” उहाँले मैत्रीपूर्ण खेलबाट देशको इज्जत तथा क्षेत्रीय मित्रता अगाडि बढाउन नेपाली एवं सार्क क्षेत्रका खेलाडी सबैलाई आग्रह पनि गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले उपचारका लागि हप्ता–दश दिन लाग्ने भएको र स्वास्थ्यमा राम्ररी सुधार भइरहेको जानकारी दिँदै भन्नुभयो, “एउटा मेजर अपरेशनपछि तपाईंहरु देखिरहनुभएको छ, म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु ।”
प्रधानमन्त्री ओलीले आफूले आइतबारको १३ औँ दक्षिण एशियाली खेलकुद (साग)को उद्घाटन समारोह आइप्याडमा हेरेको उल्लेख गर्दै भन्नुभयो, “मैले १३ औं ‘साग’ को उद्घाटन समारोह पनि पूरै हेरेँ, हुन सक्छ कि सक्दैन भन्ने दुविधा समाप्त भएकामा खुशी लाग्या छ, म राष्ट्रपतिज्यूलाई उद्घाटन गरिदिनुभएकोमा, अरु सबैलाई सहभागी हुनु भएकोमा धन्यवाद भन्न चाहन्छु ।” उहाँले मैत्रीपूर्ण खेलबाट देशको इज्जत तथा क्षेत्रीय मित्रता अगाडि बढाउन नेपाली एवं सार्क क्षेत्रका खेलाडी सबैलाई आग्रह पनि गर्नुभएको छ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- जनप्रतिनिधि र विकास सबैको साझा हुुन्छ : विद्या भट्टराई
- आज सागका पदक विजेतालाई नगर परिक्रमा गराइ अभिनन्दन गरिने
- यस्तो थियो कांग्रेसमा पौडल समूह रुष्ट हुने प्रस्ताव
- नेपाल टेलिकमको २५ जिल्लाका विभिन्न स्थानमा एफटिटिएच सेवा
- आजको राशिफल– २०७६ मंसिर २७ गते शुक्रबार
- न्यूज २४ टेलिभिजनका सुनसरी ब्यूरो प्रमुख काफ्लेमाथि कुटपिट
- अघिल्लो वर्षको तुलनामा यस वर्ष आर्थिक वृद्धिदर खुम्चिने
- ५० लाख रुपैयाँ फिरौती नदिएपछि बम विस्फोट गराउने चारजना पक्राउ
- एजेण्डामा सहमति नभएपछि पौडेलपक्षको बहिष्कारकाबीच कांग्रेस बैठक
- सभामुख चयनमा तीनधार : उपसभामुख शिवमायाप्रति राष्ट्रपतिको चासो
- आज सुरज मल्लको अन्त्येष्टि- उपस्थितिका लागि आव्हान
- राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९
- ‘नेपालको समृद्धिको यात्रामा सघाउन भारत सदैव तत्पर’
- ओशाका मेट्रो स्टेशनमा अनुहार पहिचानसहितको टिकट ढोका
- तीनहजार पाँचसय नौ मिटरको उचाईमा प्रेमगीत-३ को छायांकन (तस्वीरहरुसहित)
- साग सकियो- विदेशी खेलाडीको स्मृतिमा अझै छ पोखरा
- अशक्त ध्यानबहादुरको सहारा बनेको छ लोपोन्मुख पानी घट्ट
- कहिलेसम्म नेतृत्व खोजेर बसिरहने नेविसङ्घ ?
- पिपिएल- कसको भीडन्त कोसंग हुँदैछ ?
- आज उधौली, धान्य पूर्णिमा र योमरी पूर्णिमा धुमधामसंग मनाइँदै
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


