मेलम्ची खानेपानीका ३० किलोमिटर पाइप फुटे मेलम्ची खानेपानीका ३० किलोमिटर पाइप फुटे

  • मेलम्ची खानेपानीका ३० किलोमिटर पाइप फुटे
  • मेलम्ची खानेपानीका ३० किलोमिटर पाइप फुटे
  • मेलम्ची खानेपानीका ३० किलोमिटर पाइप फुटे
  • मेलम्ची खानेपानीका ३० किलोमिटर पाइप फुटे
  • मेलम्ची खानेपानीका ३० किलोमिटर पाइप फुटे
  • मेलम्ची खानेपानीका ३० किलोमिटर पाइप फुटे

मेलम्चीका पाइप फुटाउनेले नै बनाउनुपर्छ, दोहोरो भुक्तानी दिन सकिँदैन

12 June, 2019 12:30 | पत्रपत्रिका | comments | 16200 Views

मेलम्चीका पाइप फुटेपछि अर्थ मन्त्रालयलाई एडिबीको पत्र

मेलम्ची खानेपानीका ३० किलोमिटर पाइप फुटे

मेलम्ची खानेपानी आयोजना–२ ले काठमाडौं उपत्यकामा बिछ्याएको पाइप फुटेपछि मुख्य लगानीकर्ता एसियाली विकास बैंक (एडिबी)ले असन्तुष्टि जनाउँदै अर्थ मन्त्रालयलाई पत्र लेखेको छ । पाइपमा जसले क्षति पुर्‍याएको हो उसैलाई बनाउन निर्देशन दिन एडिबीले मन्त्रालयलाई आग्रह गरेको छ ।

adsads

क्षतिग्रस्त पाइप परिवर्तनका लागि दोहोरो भुक्तानी दिन नसक्ने चेतावनी पनि दिएको छ ।‘एडिबीले दोहोरो भुक्तानी गर्न नसक्ने स्पष्ट संकेत दिएको छ । उसले सबै निकायबीच समन्वय गराएर समस्या समाधान गर्न अर्थ मन्त्रालयलाई पत्र लेखेको छ । हामीले पनि मन्त्रालयलाई जानकारी गराएका छौँ,’ मेलम्ची खानेपानी आयोजना–२ कार्यान्वयन निर्देशनालय प्रमुख तिरेस खत्रीले भने ।

एडिबीले सरोकारवाला निकायबीच छलफल गराएर समन्वयको वातावरण निर्माण गरिदिन मन्त्रालयलाई लेखेको पत्रमै उल्लेख छ । अहिलेसम्म पाइपमा पानी नबगेका कारण क्षतिको यकिन तथ्यांक नभएको भन्दै एडिबीले यकिन तथ्यांक संकलन गर्न निर्देशनालयलाई पनि भनेको छ । अहिलेसम्म कुन–कुन निकायले कति पाइपमा क्षति पु¥याए, तथ्यांक राख्न भनेको छ ।

‘यो विषयमा एडिबी र हामी एक ठाउँ छौँ । अब अर्थले छलफलमा बोलाउला, त्यसबाट समाधान निस्कन्छ,’ खत्रीले भने, ‘हामीले पटक–पटक सडक विभाग, महानगरपालिकालगायत निकायलाई पाइप मर्मतका लागि पत्र खेलेका छौं । तर, जनशक्ति र बजेट नभएको भन्दै ती निकाय पन्छिने गरेका छन्, ।’ पाइप क्षतिबारे निर्देशनालयले पनि अर्थ र खानेपानी मन्त्रालयलाई जानकारी गराएको उनले बताए ।

निर्देशनालयका अनुसार हालसम्म १६ करोड बराबरको ३० किलोमिटर विच्छाइएको पाइप फुटिसकेको छ । सरकारी नियकायबीच समन्वय अभाव हुँदा पाइप फुट्ने क्रम बढेको निर्देशनालयले जनाएको छ । धेरै क्षति बानेश्वर क्षेत्रमा भएको छ । बल्खु, कालोपुल, बिजेश्वरीलगायत क्षेत्रमा पनि घरमा जडान गरिएका पाइपमा क्षति पुगेको छ ।

महानगरले चुँडायो ३० घरको खानेपानी पाइप
काठमाडौं–३० डिल्लिबजार स्थित गुर्जमार्गमा महानगरको वडा कार्यालयले कालोपत्रेका लागि सडक मर्मत गरिरहेको छ । यसक्रममा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेयल)ले पानी वितरण गर्दै आएको पाइपसँगै मेलम्ची खानेपानीका पाइप पनि चुँडिएका छन् । करिब ३० घरधुरीमा जडान गरिएका पाइप चुडिएका छन् । पाइप चुडिएपछि जिज्ञाशा राख्दा सडक कालोपत्रेको जिम्मा लिएको बाग्मती डेभलपर्सका प्रतिनिधीले आफ्नो जिम्मा नभएको भन्दै पन्छिएको स्थानीयले बताए । वडा कार्यालयले पनि जमिन मुनिको समस्या आफ्नो जिम्मामा नभएको जवाफ दिएको स्थानीय सुजिल श्रेष्ठले गुनासो पोखे ।

‘वडामा गुनासो गर्दा जमिन माथिको मात्रै आफुहरूको जिम्मा भएको जवाफ आयो,’ उनले भने । पाइप चुडिएको एकसातापछि सुजिलले आयोजना कार्यान्वयन निर्देशनालयमा फोन गरी पाइपको अवस्थाबारे जानकारी गराए । निर्देशनालय प्रमुख तिरेस खत्रीले पूर्नस्थापना विज्ञ रामकृष्ण गिरीलाई अवलोकनका लागि पठाए । बिग्रिएका पाइप जोडिदिन स्थानीयले गिरीसँग आग्रह गरेका छन् ।

यो एक प्रतिनिधी घटना मात्रै हो, देशको राजधानीमै विकास निर्माणका काममा सम्बन्धित निकायबीच समन्वय अभाव हुँदा जनताले सास्ती पाइरहेका छन् । ‘खन्ने र भत्काउने काम कहिल्यै नसकिने भयो । सास्ती हामीले खेप्नु पर्छ,’ स्थानीय ईश्वर महर्जन भन्छन्, ‘१० दिनमा एकपटक पानी आउँथ्यो । त्यही पनि पाइप चुडिँयो ।’

जब भत्कन्छ, अनि मात्रै खबर आउँछ
मेलम्ची खानेपानी आयोजना–२ कार्यान्वयन निर्देशनालयले उपत्यकामा विच्छाएका १६ करोड बराबरका करिब ३० किलोमिटर पाइप सडक विस्तार, पिच र ढल निर्माणका क्रममा फुटेका छन् । ‘जब सडक खनेर पाइप चुडाइन्छ, अनिमात्रै हामीलाई खबर आउँछ । कतिपय अवस्थामा स्थानीयले खबर गर्ने गरेका छन्,’ निर्देशनालय प्रमुख खत्रीले भने, ‘हामी काम सक्छौं । टेस्ट समेत सकिएको हुन्छ । अनि अर्को निकायले काम गर्दा क्षति पुग्छ । ठेकेदार कम्पनीको लापर्वाहीका कारण समेत क्षति पुगिरहेको छ ।’

तर, काठमाडौं–३० का वडाध्यक्ष दलबहादुर कार्की भने सडक पिच गर्नुअघि केयूकेएल र निर्देशनालयलाई खबर गरेको बताउँछन् । ‘पाइप मर्मतको काम हाम्रो होइन । हामीले खबर गरेका हौं । तर, हामीलाई टेरिएन,’ उनले भने । गुर्जमार्ग र भोजघर जाने बाटो ४८ लाख लागतमा पिच भइरहेको र १५ दिनभित्र काम सक्नुपर्ने बाध्यता रहेको कार्कीले सुनाए ।

महानगर चिठ्ठी काट्छ, तर समन्वय गर्दैन
काठमाडौं महानगरले उपत्यकाका विकास निर्माणमा सरोकारवाला निकायबीच समन्वय गर्न प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानको नेतृत्वमा संयन्त्र गठन गरेको छ । ३० वैशाखमा महागनरले सडक विभाग, मेलम्ची आयोजना कार्यान्वयन निर्देशनालय, केयूकेएल, विद्युत प्राधिरण र दुर सञ्चार प्राधिकरणलाई निर्देशनात्मक पत्र काट्यो । व्यवस्थित सहर बनाउन भए गरेका कामको विवरण र निर्माणका काम गर्दा पालना गर्नुपर्ने विषयबारे जानकारी सहितको पत्र महानगरले काटेको थियो । तर, महानगरको काम पत्र काट्ने मात्रैमा सिमित हुन पुगेको छ । ‘बैठकमा काम गर्दा समन्वय गर्ने र जसले विगारो उसलै बनाउने विषयमा छलफल हुन्छ । तर, त्यो सहमति कार्यान्वयनमा आउँदैन’, खत्रीले भने ।

महानगरले समन्वय गर्न नसक्दा एक अर्को निकायबीचको कार्यसम्पादन भद्रोगल हुने गरेको छ । महानगर आफैं पनि समन्वय गर्न नसकेको स्विकार गर्छ । ‘समन्वय गर्नुपर्ने दायित्व हाम्रै हो । तर, गर्न सकेका छैनौं,’ प्रवक्ता ईश्वरमान डंगोल भन्छन्, ‘सचिव ज्यूको नेतृत्वमा संयन्त्र बनेको छ । तर, समन्वय हुन सकिरहेको छैन ।’ उनले सबै निकायकाबीच समन्वय गर्न कार्यविधी बनिरहेको र कार्याविधी बनेपछि अवस्था फेरिने दावी गरे ।

‘विग्रिएका पाइप मर्मत गर्दा हामीले सडक भत्काउनुपर्ने हुन्छ । बेलैमा जानकारी आए एकैपटक सबै काम गर्न सकिन्छ,’ निर्देशनालय प्रमुख खत्रीले भने । सरोकारवालाहरूबीच समन्व हुन नसक्दा एकै ठाँउमा एउटै प्रकृतिको काम पटक–पटक हुने गरेका छन् ।

आजको नयाँ पत्रिकामा खबर छ ।

मेलम्ची खानेपानीका ३० किलोमिटर पाइप फुटे, १६ करोड क्षति

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
मेलम्ची खानेपानीका ३० किलोमिटर पाइप फुटे

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

फेसबुक

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!