मेलिना थकाली बनिन् मिस मुस्ताङ

25 September, 2019 20:38 |कला/मनोरन्जन , कलिउड | comments | 5700 Views

    मेलिना थकालीले मिस मुस्ताङ २०७६ को उपाधि जितेकी छन् । घरपझोङ गाउँपालिका–३ स्याङ्की २० वर्षीया थकालीले अन्य आठ जना प्रतिस्पर्धीलाईपछि पार्दै मिस मुस्ताङको ताज पहिरिएकी हुन् ।

    adsads

    थाक खेलकूद तथा सांस्कृतिक विकास संस्थाले आयोजना गरेको सो प्रतियोगितामा थासाङ गाउँपालिका–५ ताक्लुङ्की मनिषा हिराचन फस्ट रनरअफ र जोमसोमकी एलिना थुरुङ सेकेण्ड रनरअप भएको संस्थाका कोषाध्यक्ष शर्मिला गुरुङले बताउनुभयो ।

    जोमसोमको जनहित बहुमुखी क्याम्पसको स्नातक तहमा अध्ययनरत थकालीले समाजसेवा र अनाथ बालबालिकाको क्षेत्रमा काम गर्ने रुचि भएको बताउनुभयो । विजयी थकालीलाई मिस मुस्ताङको क्राउन पहिराउनुका साथै नगद रु दश हजार प्रदान गरिएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!