मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग ३-० ले पराजित मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग ३-० ले पराजित

  • मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग ३-० ले पराजित

मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग ३-० ले पराजित

8 November, 2019 10:30 | खेल | comments | 12300 Views

मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग ३-० ले पराजित

नेपालको राष्ट्रिय फुटबल टोली म्यानमारविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित भएको छ । म्यान्मारको मन्डला थ्री रङ्गशालामा बिहीबारभएको खेलमा नेपाल म्यानमारसँग ३-० गोलले पराजित भएको हो ।

पहिलो हाफमा २–० गोलले पछि परेको नेपालविरुद्ध म्यान्मारले मध्यान्तरपछिको खेलमा थप एक गोल गर्यो । खेलको तेस्रो मिनेटमै म्यानमारले गोल गरेको थियो । उसका लागि म्यीन्ट तुन अउङ्गले गोल गरेका थिए । दोस्रो गोल म्यानमारका डेभिड हटनले गरेका थिए ।

म्यानमारले खेलको ६९औँ मिनेटमा तेस्रो गोल गरेको थियो । नेपाल यसअघि सन् २००८ मा भारतमा भएको एएफसी च्यालेन्ज कपमा पनि म्यानमारसँग नेपाल ३-० गोलले नै पराजित भएको थियो । विश्वकप छनोटअन्तर्गत मङ्सिर ३ गते कुबेतविरुद्ध हुने खेलको तयारीका लागि नेपालले म्यानमारसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

विश्वकप छनोटको सबै खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अङ्क जोडेको छ ।

म्यान्मारसंग मैत्रीपूर्ण खेल खेल्दै नेपाल

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग ३-० ले पराजित

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More