मैथली भाषाको इतिहास गौरवमय छ : प्रदेश प्रमुख कायस्थ

22 November, 2018 10:06 | प्रदेश , प्रदेश २ | comments | 23100 Views

धनुषा : प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले मैथली भाषाको इतिहास गौरवमय रहेको बताउनुभएको छ । बुधबार जनकपुरमा विद्यापति ट्रस्टद्वारा आयोजित विद्यापति स्मृति २०७५ पर्वलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मैथली भाषाको गौरवमय इतिहास र तथ्याङ्क भएकाले यसको औचित्य सदैव कायम रहनेछ ।

adsads

प्रमुख कायस्थले मैथिलीका कोकिल विद्यापति मिथिलाको धरोहर रहेको उल्लेख गर्दै “विद्यापति मिथिलाका लागि तुलसी दास झैँ हुन्, उनका योगदान अविस्मरिणीय छ”, भन्नुभयो ।

विद्यापति स्मारक निर्माण गर्नुपर्नेमा जोड दिदैं उहाँले मिथलाको सामाजिक, ऐतिहासिक, सांस्कृतिक र धार्मिकलगायत सबै धरोहरको पहिचान गरी त्यसको प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो ।

साहित्यकार तथा प्राध्यापक डा राजेन्द्र विमल र प्राध्यापक डा गोविन्द चौधरीले विद्यापतिको रचना, ग्रन्थ र जीवनशैलीका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

पत्रकार श्यामसुन्दर शशिले प्रदेश सरकारद्वारा मैथिली भाषा मेटाउने षड्यन्त्र भइरहेको आरोप लगाउनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

मुठीमा गुठी, विधेयक सच्चाउन सरकार लचिलो

फेसबुक

मुठीमा गुठी, विधेयक सच्चाउन सरकार लचिलो

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!