जय अधिकारी जय अधिकारी

  • जय अधिकारी
  • जय अधिकारी
  • जय अधिकारी
  • जय अधिकारी
  • जय अधिकारी

“मैले जितेको हार”

5 November, 2019 12:00 | साहित्य | comments | 50550 Views

मैदानमा उ थियो, मैदानमै म थिएँ,
खेल त खेल थियो, जित्ने दौडानमै म थिएँ ।
डर थियो हार्ने, अनुभवि जो उ थियो ।
मेरो त पहिलो थियो, अभिजित त उ थियो ।

जसै खेल सुरु भयो,
म जितको रणनिति बुन्दै थिएँ,
उ खेल्दै थियो
रणनितिमा कुद्दै थिएँ,
उ खेल्दै थियो
म लड्दै, उफ्रिँदै, दौडिँदै थिएँ,
उ खेल्दै थियो
म जित्दै थिएँ,
उ खेल्दै थियो
रोकिएर हेरेँ
उ खेल्दै थियो
आफैँमा रुमलिँदै थियो,
टहलिँदै, अलमलिँदै थियो
तर खेल्दै थियो ।

म त जित्नको लागि खेल्दै थिएँ,
लाग्थ्यो उ हार्नकै लागि खेल्दै थियो
मलाई पहिलो जित चाख्नु थियो,
उसलाई खै किन हार्नु थियो
खेलाडि उ नामि थियो,
धेरै भन्दा दामि थियो,
साँँच्चै भनुँ भनेँ,
जोसमा सिँगौरी खोज्दिएको हुँ,
नत्र त म ढुक्कै थिएँ,
हार्छु भन्ने पक्कै थिएँ ।
तर अचम्मसंग उ पो हार्दै थियो ।
सायद उ मलाई जिताउने सोच्दै थियो
या आफ्नै हार रोज्दै थियो
लाग्थ्यो यत्तिकैमा खेल सिध्याउन खोज्दै थियो ।

  

खेल सकियो,
म विजेता भएँ, उ हारेर गयो ।
हारेर जाँदा हाँसेर गयो ।
अरे ! यो भयो के भयो ?
लौ ! खेल त हारको थियो ।
म हार जितेर बसेँ, उ हार हारेर गयो ।
पछुतोको तक्मा मैले भिर्दा, उसले थपडि मारेर गयो ।
हो खेल त हारकै थियो ।
म हार जितेर बसेँ, उ हार हारेर गयो ।

जय अधिकारीजय अधिकारी
कपन, काठमाडौँ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
जय अधिकारी

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More