मोरङको १७ ठाउँमा दशगजा मिचेर भारतीयले टहरा बनाएको खुलासा

15 November, 2019 22:14 |जन सरोकार | comments | 5700 Views

    भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी आफ्नो नक्सामा राखेपछि सीमाका विषयमा उत्पन्न चासोले नयाँ नयाँ तथ्य उजागर गरिरहेको छ । यसै क्रममा मोरङको १७ स्थानमा दशगजा मिचेर भारतीयले टहरा बनाएको पाइएको छ ।

    adsads

    जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार ६३.२ किलोमिटर सिमाना रहेको मोरङका १७ स्थानमा टहरा निर्माण भएका छन् । मोरङको ६३ किलोमिटर खण्डमा साना ठूला गरी जम्मा १२३ वटा सीमा स्तम्भहरु छन् ।

    मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीका अनुसार दशगजा मिचिएको स्थानहरुमा १० वटासम्म टहरा निर्माण भएको र दशजगा मिचेर निर्माण भएका टहरा हरटाउन भारतीय पक्षसँग पटकपटक छलफल भए पनि कार्यान्वयन नभएको बताउनुभयो ।

    त्यसो त सीमा सुरक्षाका विषयमा वर्षमा दुई पटक मोरङमा भारतीय सिमावर्ती जिल्लाका सुरक्षा प्रमुखबीच छलफल हुन्छ । ६-६ महिनामा हुने जिल्ला स्तरीय सीमा सुरक्षा बैठक बस्ती हटाउने निर्णय भए पनि कार्यान्वयन नभएको उहाँको भनाइ छ ।

    भण्डारीले दुबै देशका जिल्लास्तरीय पदाधिकारी सीमा क्षेत्र खाली गराउन तयार भए पनि दशगजामा बसोबार गर्नेलाई अन्यत्र स्थानान्तरण गर्न माथिल्लो तहबाट समन्वय आवश्यक रहेको बताउनुभयो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More