मोहनबिक्रमको विश्लेषण- सुशासन र भ्रष्टाचार नियन्त्रण गर्न सरकार असफल

25 April, 2019 19:18 | राजनीति | comments | 13200 Views

संघीयतासंगै प्रदेश खारेजको माग

नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहनबिक्रम सिंहले वर्तमान सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा बारम्बार असफल भएको आरोप लगाउनुभएको छ ।

बुधबार रिपोर्टर्स क्लव प्रदेश ५ कार्यालय बुटवलमा बिहिबार आयोजित साक्षात्कारमा महामन्त्री सिंहले सरकारका असफलताको फेहरिस्त लगाउँदै सो टिप्पणी गर्नुभएको हो ।

adsads

निर्मला हत्याकाण्ड लगायतका घटनामा संलग्नलाई पक्राउ गर्न नसक्नु, यातायात सिण्डिकेट खारेजको घोषणा गर्ने तर व्यवहारमा कार्यान्वयन नगर्ने, समयमा काम नगर्ने ठेकेदारलाई कारबाही नगर्ने भ्रष्टाचारीलाइ कारबाही नगर्ने, राष्ट्रियता बिरुद्धमा नागरिकता बिधेयक ल्याउने कामले सरकार असफल भएको महामन्त्री सिंहले बताउनुभयो ।

महामन्त्री सिंहले लोकतन्त्र, गणतन्त्रका बिषयमा सरकारको नीति स्पष्ट भएको तर यो सरकार राष्ट्रियताको अडानले सत्तामा आएको स्मरण गर्दै अहिले राष्ट्रियता कहा हरायो भन्दै प्रश्न गर्नुभयो ।

राष्ट्रियताको बिषयमा सरकारले ढुलमुलको नीति अवलम्वन गरेको आरोप लगाउँदै नागरीकता बिधेयक र गृह मन्त्रालयको सर्कुलरले राष्ट्रियताको धज्जी उडाएको बताउनुभयो ।

सोही क्रममा उहाँले आफ्नो पार्टी सरकार अपदस्थ बनाउने पक्षमा नभएको बताउँदै सरकार कमजोर बन्दा गणतन्त्र बिरोधी शक्तिहरु चलखेल गरिरहेको दाबी गर्नुभयो ।

संघीयताले मुलुकलाई बलियो नभई कमजोर बनाउने भएकाले संघीयतासंगै प्रदेश सरकार खारेज गरी स्थानीय तहलाई बलियो र अधिकार सम्पन्न बनाउनुपर्नेमा उहाँको जोड छ ।

रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको कार्यक्रममा महामन्त्री सिंहले मसालले १ बर्षभित्रै महाधिबेशन गर्ने र फरक ढंगले पार्टी अगाडी बढाउने समेत जानकारी दिए ।

संविधान संशोधन सिक्किमीकरणको डिजाइन

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

खानेपानीमन्त्री बीना मगर

फेसबुक

खानेपानीमन्त्री बीना मगर

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!