मौलिक हकको पूर्ण कार्यान्वयन भए मानवाधिकारको पालना हुने

3 March, 2021 20:01 | राजनीति | comments | 17550 Views

नेपालको संविधान २०७२ ले व्यवस्थितत गरेको जनताको मौलिक हकको पूर्ण कार्यान्वयन भए मानवाधिकारको पालना हुने बताइएको छ । बुधबारदेखि सुरु भएको नेपाल मानवअधिकार सङ्गठन लुम्बिनी प्रदेशको परिषद्को बैठकमा वक्ताहरुले सो कुरा बताएका हन् ।

पाल्पामा शुरु भएको परिषद् बैठकमा लुम्बिनी प्रदेशभित्रका सङ्गठनका प्रदेश तथा जिल्ला पदाधिकारी सहभागी छन् । बैठकमा सङ्गठनका केन्द्रीय अध्यक्ष महामुनिश्वर आचार्यले राज्यसँग मिलेर काम गर्ने र मानवाधिकार उल्लङ्घन हुँदा खबरदारी गर्ने काम सङ्गठनको दायित्व भएको बताउनुभयो । उहाँले कारागारका नागरिकको समेत मानवाधिकारको रक्षाका निम्ति आवाज उठाउँदै आएको औंल्याउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य डा पुरन बज्राचार्यले आस्थाकै आधारमा नागरिक आधारभूत आवश्यकता पाउनबाट वञ्चित हुन नहुने बताउनुभयो । अर्का प्रदेशसभा सदस्य वीरबहादुर रानाले नेपालमा व्यवस्था परिर्वतन भए पनि कार्यशैलीमा सुधार नदेखिएको उल्लेख गर्नुभयो । तत्कालीन संविधानसभा सदस्य नारायण शर्माले संविधानमा व्यवस्था भएको मौलिक हकको पूर्ण कार्यान्वयन भए मानवाधिकारको पालना हुने बताउनुभयो ।

  

सो अवसरमा नेकपाका जिल्ला नेता धनेन्द्रराज घिमिरेले मानवाधिकारको प्रत्याभूतिका लागि राजनीतिक शक्ति जनताको अधिकारका निम्ति सधैँ जिम्मेवारीका साथ अघि बढेको बताउनुभयो ।

नेपाली कांग्रेसका जिल्ला सचिव अजयमान कर्मचार्यले आफ्नो पार्टी लोकतन्त्र र मानवाधिकार रक्षा निम्ति सधैँ जिम्मेवार रहेको बताउनुभयो । तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पार्टी र विचारपिच्छे मानवाधिकार तथा नागरिक समाज स्थापना हुनु राम्रो पक्ष नभएको बताउनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More