मौसममा एकाएक परिवर्तन- तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना

24 November, 2019 11:08 | जल/वातावरण/स्वास्थ्य | comments | 9150 Views

चिसो मौसम सुरु भएसंगै मंसिर महिनामै नेपालको मौसममा एकाएका परिवर्तन आउने सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी तीन दिनसम्म बदली, वर्षा र हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

adsads

महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गर्दैै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशैभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको भन्दै सामान्य सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।

महाशाखाको मौसमी प्रक्षेपणअनुरुप आइतबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आइतबार राति पनि देशका मध्य र पूर्वी भूभागमा सामान्य बद्ली रही पश्चिमी क्षेत्रमा आंशिक बदली हुनेछ । पूर्वी र मध्यपहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यही क्रम सोमबार र मंगलबार पनि जारी रहने महाशाखाले जनाएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

कांग्रेस भ्रातृ संस्था लथालिंग

फेसबुक

कांग्रेस भ्रातृ संस्था लथालिंग

ट्वीटर

सामाजिक सञ्जाल

More