मौसम बदलिएसंगै फैलियो पखालाको सङ्क्रमण

23 August, 2019 20:19 | जल/वातावरण/स्वास्थ्य | comments | 11400 Views

हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा केही दिनयता पखालाको सङ्क्रमण फैलिएको छ । मौसम बदलिएसँगै पानीको मुहानमा फोहर मिसिएका कारण पखालाको सङ्क्रमण फैलिएको बेनी अस्पतालले जनाएको छ ।

adsads

वर्षायामको समयमा बढी पानी पर्ने भएकाले पिउने पानीका मुहानमा फोहर मिसिएकाले पखालाको सङ्क्रमण फैलिएकोे बेनी अस्पतालका डाक्टर नवराज बास्ताकोटीले जानकारी दिनुभयो ।

ल्याब परीक्षण गर्दा बिरामीमा रगतमासीसँग सम्बन्धित हिस्टोलिटीका जीवाणु भेटिएको डाक्टर बास्ताकोटीले बताउनुभयो । फोहर पानी र खानेकुराका कारण पखालाको सङ्क्रमण हुने उहाँको भनाइ छ । अस्पतालमा आउने पखाला सङ्क्रमित बिरामीहरूमा हिस्टोलिटीका जीवाणु भेटिएको र एक सङ्क्रमित बिरामीको मिर्गाैलामा समेत समस्या देखिएकाले भर्ना गरी उपचार थालिएको बताउनुभयो । दैनिक १५ देखि २० जना बिरामीलाई अस्पतालमा भर्ना गरी उपचार गर्नुपर्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो ।

बेनी नगरपालिका–७ र ८ मा बढी यो पखालाको सङ्क्रमणको बिरामी अस्पताल आउने गरेका छन् । पखाला सङ्क्रमण हुँदा बिरामीलाई वाकवाकी लाग्ने, बिरामीको दिसामा रगतमासी देखिने र बिरामीलाई कडा खालको ज्वरो आउने जस्ता लक्षण देखिने डाक्टर बास्ताकोटीले बताउनुभयो ।

पखाला नियन्त्रणका लागि विशेषगरी सरसफाइमा ध्यान दिनुपर्ने डाक्टर बास्ताकोटीले बताउनुभयो । वर्षायाममा बढी यो रोग फैलिने भएकाले मुहानका पानी सफा राख्ने, घर वरिपरि सफा गर्ने र खानेपानी उमालेर पिउन मात्र सकेमा पखला सङ्क्रमणबाट बच्न सकिने उहाँले सुझाव दिनुभयो ।

दैनिक २०–२५ जना बिरामी अस्पतालमा आउने गरेको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More