म्यानमारकी आङ साङ सुकी आगामी हप्ता जापान आउने

5 April, 2013 10:55 | जापान | comments | 136950 Views

म्यानमारकी प्रजातन्त्रबादी नेत्रृ आङ साङ सुकी आगामी हप्ता जापान आउने भएकी छिन । सुकिले अप्रिल १३ देखि १९ सम्म जापानको भ्रमण गर्ने पुर्व निर्धारित कार्यक्रम रहेको जनाइएको छ ।

 
सन १९८५-८६ मा क्योटो युनिभर्सिटीमा अध्ययनका क्रममा जापान आए यता सुकिको यो पहिलो जापान भ्रमण हो । परराष्ट्र मन्त्रालयका अनुसार सुकिले क्योटो युनिभर्सिटीमा पनि भ्रमण गर्ने जनाइएको छ । साथै उनले भ्रमणका क्रममा जापानी प्रधानमन्त्री शिन्जो आबेका साथै अन्य राजनितिक ब्यक्तित्वसँग भेट गर्ने र जापानमा रहेका म्यानमारका नागरिकलाई पनि भेटेर सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

 
जापानले पछिल्लो समय म्यानमारसँग पनि ब्यापारिक सम्वन्ध स्थापित गर्ने र सम्झौता गर्ने खवर सार्वजनिक गरेको थियो । सुकिको भ्रमणले सो सम्वन्ध स्थापित गर्नमा पनि टेवा मिल्ने अधिकारीको तर्क छ ।

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More